प्लाष्टिक फोहरलाई प्रशोधन गर्ने मेसिन हेर्नेको संख्या बढ्दै

प्लाष्टिक फोहरलाई प्रशोधन गर्ने मेसिन हेर्नेको संख्या बढ्दै

विराटनगर: प्लाष्टिकजन्य फोहरलाई प्रशोधन गरेर नयाँ वस्तु बनाउने मेसिनको स्टल अवलोकन गर्नेको भिड बढ्दै गएको छ।

विराटनगरमा जारी  विराट एक्स्पोमा राखिएको प्लाष्टिकजन्य फोहोरलाई प्रशोधन गर्ने मेसिन हेर्न नेपालीसँगै भारतीय नागरिकको भिड बढेको छ।

मोरङको बुढीगङगा ५ को राशी ईन्जिनियरिङ्ग कम्पनीले मेरो ‘देश मेरो उत्पादन’ नारासहित नेपालमा नै बनाइएका सामग्री प्रदर्शनीमा राखिएको छ।

 
उद्योग संघठन मोरङले आयोजना गरेको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीमा राशी ईन्जिनियरिङ कम्पनीले प्लाष्टिक ग्राईन्डर,  प्लाष्टिक एग्लो, प्लाष्टिक दाना मेसिन, स्क्रु  ब्यारेल, एचडीपीई पाईप प्लान्ट र प्लाष्टिक वासिंङ  मेसिन लगायतका मेसिन राखिएको छ। 

वेस्ट प्लाष्टिक डम्पिङ्गले प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गर्न राशी इन्जिन्यरिङमार्फत यी मेसिन प्रयोगमा ल्याएको हो। कम्पनीले बनाएका ४३ लाखभन्दा बढीको मेसिनको बुकिङ भईसकेको कम्पनीका सञ्चालक कुन्दन झाले जानकारी दिए।

झाकाअनुसार काठमाडौं, बर्दिया, वीरगञ्ज, जनकपुरसहित भारतको विहारबाट पनि मेसिन किन्ने प्रस्ताव आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.