दोलखामा थामी संग्रहालय र तिलक पोखरी निर्माण तीव्र

दोलखामा थामी संग्रहालय र तिलक पोखरी निर्माण तीव्र

दोलखा : दोलखाको भीमेश्वर नगरपालिका-१ मा निर्माणाधीन थामी संग्रहालय र तिलक पोखरी निर्माणले गति लिएको छ।

पर्यटन विभागले सम्झौता अनुसारको रकम नपठाएको भएपनि सीमान्तकृत थामी जातिको उद्गम थलो सुष्पाको राङराङथलीमा संग्रहालयसहितको पोखरीको कामले गति लिएको भीमेश्वर नगरपालिकाले जनाएको छ।

पर्यटन विभाग र नगरपालिकाको साझेदारीमा सुरु भएको संग्रहालय सहितको तिलकपोखरी निर्माणका लागि प्रतिवद्धता अनुसारको रकम हालसम्म उपलब्ध नगराएको भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले बताए। 

आर्थिक समस्याका बाबजुद नगरपालिकाको सक्रियतामा ७० प्रतिशत काम सकिएको इन्जिनियर राउतले बताए। संग्रहालय निर्माण, पोखरीको संरक्षण लगायतका कामका लागि झण्डै सात करोडको प्रस्ताव तयार भएको थियो। 

उक्त कामका लागि चार करोड ४७ लाख ५८ हजार छ सय १७ रुपैयाँ २१ पैसामा ठेक्का लागेको थियो। उक्त कामको लागि पर्यटन विभागले ६० प्रतिशत (दुई करोड ५० लाख रुपैयाँँ) रकम उपलब्ध गराउने प्रतिवद्धता गरेको भएपनि हालसम्म १९ लाख रुपैयाँमात्र प्राप्त भएको ईन्जिनियर राउतको भनाई छ।

संग्रहालयको भवनको ढलानको काम सकिएको, पोखरीको काम सकिएको, कम्पाउण्डको काम र तालिम हलको काम भइरहेको इन्जिनियर राउतले बताए। 

अहिलेसम्म दुई करोड १९ लाख ४० हजार एक सय ५३ रुपैयाँ बराबरको काम भएको राउतले बताए। 

नगरपालिकाले तिलकपोखरीको संरक्षणसँगै थामी संग्रहालय निर्माण सकिएपछि थामी जातिसंग सम्बन्धित बिभिन्न ऐतिहासिक सामग्रीहरू संग्रहालयमा राख्ने योजना बनाएको र त्यसले थामी जातिसम्बन्धि जानकारी राख्न चाहने पर्यटकलाई सहज हुने नगरप्रमुख इश्वर नारायण मानन्धर बताउछन्।

परापूर्वकालमा सिमाङघाट, कुमाङघाटबाट भक्तपुर हुँदै यापति र सोनारीसहित तीन दाजुभाइको जोडी हाल दोलखाको भीमेश्वर नगरपालिका-५ मा पर्ने किरातिछाप आएको किंवदन्ती छ। 

उनीहरू मध्य  यापति र सोनारी वडा नम्बर १ मा पर्ने सुष्पाको राङराङथलीमा आएर बसोबास गरेको भनाइ छ।  

किरातीछाप हुँदै राङराङथली आएर एउटा ओडारमा बसेका दुई बुढाबुढी यापति र सोनारीले आफुले लगाउने कपडा बनाउन अल्लोको बोक्रा तिलकपोखरीमा भिजाएर पकाउने र त्यसको कपडा बनाएर लाउने गरेको किंवदन्ती रहेको यापति सोनारी संरक्षण तथा सम्वर्द्धन समाज नेपालका अध्यक्ष भानुदास थामी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.