भारतले कोटामा गहुँ दिने

भारतले कोटामा गहुँ दिने

काठमाडौं : भारतले कोटाका आधारमा नेपालमा गहुँ पठाउने भएको छ। त्यहाँको वैदेशिक व्यापार महानिर्देशनालयले आगामी मार्च ३१ सम्ममा ५० हजार मेट्रिक टनसम्म निर्यात गर्न अनुमति दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। त्यसका लागि आवश्यक विवरण उपलब्ध गराईदिन आग्रह गरेको मन्त्रालयको आपूर्ति महाशाखाकी उपसचिव उर्मिला केसीले बताइन्। 

युक्रेनमा रूसले आक्रमण गरेपछि भारतले आफ्नो देशमा खाद्य सुरक्षा गर्न भन्दै नेपालमा गहुँ निर्यात रोकेको थियो। त्यसयता निर्यात खुला गराउन नेपाल सरकारले पहल गरेको उपसचिव केसीले बताइन्।

 उनका अनुसार भारतीय राजदूतावासले पनि चिनी र गहुँको आवश्यकता के कस्तो पर्छ भनेर सोधेको थियो। 

‘त्यसपछि मन्त्रालयबाट चिनी र गहुँको आयातका लागि माग गर्दै आवेदन दिएका थियौं। व्यवसायीले पनि आवश्यकताको विवरण पेस गरेका थिए। सो विवरणलाई परराष्ट्रमा बुझाइयो र परराष्ट्रमार्फत गएका थियौं’, केसीले भनिन्, ‘लामो समय गहुँ नआउँदा विशेष गरेर उद्योगहरू प्रभावित बनेका थिए। किनभने गहुँ तथा मैदा औद्योगिक कच्चापदार्थका लागि अत्यावश्यक वस्तु हुन्। ’ 

दैनिक गहुँको आँटालगायतको उपभोगका लागि नेपालकै उत्पादनले पनि भरथेग गर्छ। तर, औद्योगिक प्रयोजनका लागि आयातकै भर पर्नुपर्ने उनले बताइन्। 

उनका अनुसार युक्रेन अत्यधिक गहुँ उत्पादन थलो हो। तर, युद्धले आपूर्ति चक्र बिग्रियो। भारतले आफ्नो देशमा भएको उत्पादनलाई भने अझै सबै निर्यातमा प्रतिबन्ध कायम गरेको उनले बताइन्। ‘तर अब भारतले अन्तर्राष्ट्रिय व्यापारबाट किनेको सय प्रतिशतमध्ये २० प्रतिशत निर्यात गर्ने भनेको छ। अब भारतले नेपालका लागि पठाउने गहुँ भनेको अन्य मुलुकबाट किनेर ल्याएकोलाई हो’, उनले भनिन्, ‘जबकि पहिला खुला बजार भएकाले नेपालले भारतबाट आवश्यकताअनुसार आयात गर्दै आएको थियो। अब यो कोटा आयात औद्योगिक कच्चापदार्थका लागि हो।’

भारतले गत जेठ अन्तिम साता गहुँमा प्रतिबन्ध लगाएपछि नेपालमा अन्य मुलुकबाट पनि आयात भएको थिएन। भन्सार विभागको तथ्यांकआुसार साउनमा कुनै पनि मुलुकबाट आएको छैन। जबकि असारसम्म मेक्सिकोबाट गहुँको दाना ३ सय २६ किलो आयात गरिएको थियो। अष्ट्रेलियाबाट ७ र टर्कीबाट २ किलो दाना आयात भएको थियो। 

व्यवसायीहरूले केही महिनाअघि नै माग प्रतितपत्र (एलसी)मार्फत गरिसकेकाले भारतबाट साउनमा मैदा भने १ लाख ३२ हजार ६५ किलोे आयो। यो राजस्वबाहेक ५४ लाख ३६ हजार रुपैयाँ बराबरको हो। यद्यपि भारतले निर्यात प्रतिबन्ध गर्नुअघि वैशाखसम्ममा १९ करोड १५ लाख ५६ हजार ८ सय ५४ किलो आयात भएको थियो। यो ६ अर्ब ३२ करोड ४९ लाख ३९ हजार रुपैयाँ बराबरको थियो। सोही अवधिमा मैदा ३ लाख १० हजार ७ सय ५२ किलो भारतबाटै आयात भएको थियो। यो १ करोड ६४ लाख ८९ हजार रुपैयाँ बराबरको थियो।

नेपालको कुल भू–भागमध्ये गहुँ खेती मात्रै ७ लाख ११ हजार ६७ हेक्टर क्षेत्रफलमा लगाइँदै आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ। उक्त भू–भागबाट करिब २१ लाख २७ हजार २ सय ७६ मेट्रिक टन गहुँ बाली उत्पादन भएको छ। पछिल्ला वर्ष गहुँ बालीको क्षेत्रफल र उत्पादन क्षमता बढ्दै गएको तथ्यांकले देखाउँछ। किनभने आर्थिक वर्ष २०७४÷७५ मा ७ लाख ६ हजार हेक्टरमा बाली लगाइएकोमा करिब ४ वर्षपछि ४ हजार २ सय २४ हेक्टरले क्षेत्रफल बढेर ७ लाख ११ हजार ६७ हेक्टर पुगेको छ। क्षेत्रफलको विस्तार भएसँगै उत्पादन क्षमता पनि बढ्दै जाने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.