सञ्चालनको तयारीमा रहेको पोखरा विमानस्थल नजिकै फोहोर थुप्रिँदै

सञ्चालनको तयारीमा रहेको पोखरा विमानस्थल नजिकै फोहोर थुप्रिँदै

पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मिति नजिकिए पनि पोखरा महानगरपालिकाले विमानस्थल नजिकै रहेको ल्यान्डफिल साइटमा फोहोर फाल्न नछाडेको आयोजनाले जनाएको छ।

आयोजनाले सञ्चालनको तयारीमा रहेको विमानस्थल चराबाट हुन सक्ने जोखिम हुन नदिन ल्यान्डफिल साइट पुर्ने काम गरिरहँदा महानगरपालिकाले यस कार्यमा सघाउनुपर्नेमा उल्टो फोहोर फालेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए। 

ल्यान्डफिलमा आउने चरा नियन्त्रण गर्न महानगरपालिकासँगै समन्वय गरेर पुरिरहँदा महानगरपालिकाले भने शुक्रबार राति महानगरको फोहोर थुपारेर असहयोग गरेको उनले सुनाए। 

महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले  खाल्टो रहेको क्षेत्रमा पुर्न थप सहज होस भन्ने उद्देश्यले फोहोर थुपारेको बताए। 

अहिलेसम्म ल्यान्डफिल साइट पुर्नकै लागि थुपारिएको र अब भने थप फोहोर नलगिने उनले सुनाए। २०२३ जनवरी १ (पुस १७ गते) देखि उडान सुरु गर्ने गरी नागरिक उड्डयन कार्यालयले तयारी गरिरहेका छ। 

विमानस्थल वरपर चराको गतिविधि कम गर्न विमानस्थल सञ्चालन हुनुभन्दा ६ महिना अघि नै ल्यान्डफिल साइड सार्नुपर्ने चरा विज्ञहरूले सुझाव दिदै आए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। 

महानगरपालिकाको मात्र भर पर्दा यो समस्या आएको नागरिक समाज पोखराका पूर्व संयोजक विष्णुहरि अधिकारी बताउँछन्। 

२२ अर्ब रुपैयाँ खर्चेर विमास्थल निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहँदासम्म पनि ल्यान्डफिल साइटका कारण चराको बाक्लो गतिविधिले उडानमा जोखिम हुन सक्ने पहिलेदेखि नै जानकार हुँदाहुँदै ल्यान्डफिल साइट अन्यत्र व्यवस्थापन गर्नका लागि संघ र प्रदेश सरकारले चासो दिएको छैन।  

पोखरा-१४ सेती किनार बाच्छेबुडुवामा रहेको ल्यान्डफिल साइटको वरपर मांसाहारी चरा चिल, विभिन्न प्रजातिका गिद्धका गतिविधि अहिले पनि देख्न सकिन्छ। 

आवश्यक जमिन खरिद गर्न र ल्यान्डफिल साइट निर्माणका लागि आवश्यक खर्च महानगरपालिकाको मात्र बजेटले नभ्याउने महानगरले बताएको छ। संघ र प्रदेश सरकारले अहिलेसम्म ल्यान्डफिलका लागि कुनै रकम नछुट्टयाएको प्रवक्ता तिम्सिना बताउँछन्। 

अघिल्ला मेयर मानबहादुर जिसीकै पालामा संघ र प्रदेश सरकारलाई ल्यान्डफिल साइटका लागि बजेट छुट्याउन अनुरोध गरेपनि नछुट्याएको महानगरपालिकाका कर्मचारी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.