५० वर्षमा पाल्पा रामपुरका जग्गाधनीलाई पुर्जा वितरण

५० वर्षमा पाल्पा रामपुरका जग्गाधनीलाई पुर्जा वितरण

तानसेन : जग्गा खरिद गरेको ५० वर्षमा पाल्पा रामपुर नगरपालिकाका नगरवासीले जग्गाधनी प्रमाणपत्र पुर्जा पाएका छन्। राष्ट्रिय भूमि आयोगले अव्यवस्थित जग्गा धनीहरूलाई जग्गा धनी प्रमाण पुर्जा प्रदान गरेको हो। 

२०२८/०२९ साल तत्कालीन गाउँ पञ्चायत, वडा र विभिन्न विधालयहरूसँग जग्गा खरिद गरेका जग्गाधनीहरूले २०७९ पुस ८ गते जग्गाधनी प्रमाणत्र हात पारेका हुन। 

जग्गाधनी प्रमाणपत्र नहुँदा रामपुर बजारका जग्गाधनीहरूले रसिदको भरमा ५वर्षसम्म कारोवार गर्न पाएका थिएनन्।  जग्गाधनी प्रमाणपत्र नहुँदा जग्गा खरिद बिक्री नभएको, जग्गधनीले धितो राखेर व्यापार व्यबसाय गर्न नपाउँदा रामपुरवासीहरू चिन्तित थिए।  

रामपुर गाउँ पञ्चायत, रामतुलसी मावि, दरैठाँटी मावि, आधारभूत मावि, नवदुर्गा मावि लगायतका विद्यालयले हालको रामपुर नगरपालिका वडा नम्बर ५, ६, र ७ मा जग्गा बिक्री गरेका थिए। 

सोही जग्गा अव्यस्थित जग्गाका रूपमा रहेको थियो । रामपुर नगरपालिकाको मुख्य बजार, बेझाँड बजार, किसानकारी, विजयपुर, तिलकपुर क्षेत्रमा गाउँ पञ्चायत, वडा तथा विद्यालयले बिक्री गरेका जग्गाहरू ५० वर्षदेखि स्थानीयवासीले रसिदको भरमा भोगचलन गर्दै आइरहेका थिए।

रामपुर गाविसका  तत्कालीन अध्यक्ष एवं रामपुरनगरपालिका -७ का निवर्तमान वडाध्यक्ष तीर्थप्रसाद पंगेनीलाई प्रदान गरी सुरु गरिएको थियो। 

रामपुर नगर क्षेत्रमा ७ सय ८३ जनाले लालपुर्जाका लागि निवदेन दिएकोमा पहिलो दिन १०३ जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको, दोस्रो दिन ५० जनालाई वितरण गरिएको राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरेले बताए।  

निवेदन परेका ७८३ मध्ये १५३ जनालाई लालपुर्जा वितरण गरिएको, ३७७  जनाको राजश्व मात्र बुझाउन बाँकी रहेको, २८६ जनाका लागि राजश्व बुझाउन सूचना प्रकाशन गर्ने अन्तिम तयारी भएको र १२० जना जग्गधनीको केही कागजात नपुग भएको  आयोगका जिल्ला अध्यक्ष गैरेले बताए। 

आयोगले रामपुर नगरपालिकामै कार्यालय खडा गरी अव्यवस्थित जग्गाको लगत लिने, आवश्यक कागजात मिलाउने काम गर्दै आएको छ। राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले आयोग संविधान र लोकतन्त्रको मर्मअनुसार अव्यवस्थित रहेका घरजग्गालाई पादरर्शी ढंगले व्यवस्थित बनाउने काम गरेको बताए। 

लुम्बिनी प्रदेशका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले भूमि आयोगले पाल्पा जिल्लामा मात्र नभई प्रदेशभरि नै प्रभावकारी ढंगबाट आफ्नो कामलाई अघि बढाएको बताइन्। 

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य राजु प्रसाद श्रेष्ठले लामो प्रयासले आज जनताले लालपुर्जा हात पारेको बताए। विगतमा गठन भएका आयोगहरूले गरेको कामका आधारमा अहिलेको आयोगले लालपुर्जा वितरण गरेको प्रदेशसभा सदस्य श्रेष्ठले बताए। 



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.