धानको उत्पादन बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

धानको उत्पादन बढ्यो, तर किसानले पाएनन् उचित मूल्य

काठमाडौं : गत वर्षको तुलनामा धान उत्पादनमा सुधार भएको छ। चालु आर्थिक वर्षको चैते र वर्षे सिजनमा मुलुकभरि ५४ लाख ८६ हजार ४ सय ७२ मेट्रिक टन धान उत्पादन भएको छ। सो आर्थिक वर्षमा धान लगाइएको क्षेत्रफल १४ लाख ४७ हजार७ सय डढ हेक्टर जमिनबाट भएको उत्पादन हो।

यो गत आर्थिक वर्षको तुलनामा ३ लाख ५५ हजार ८ सय ४७ मेट्रिक टनले बढी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०७८।७९ को उत्पादनको विवरणमा ५१ लाख ३० हजार ६ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो।

चालु आवको उत्पादनलाई आधार मान्दा उत्पादकत्व ३.७९ मेट्रिक टनप्रति हेक्टर रहेको प्रारम्भिक अनुमान गरिएको छ। यसअनुसार गत आर्थिक वर्ष ०७८-०७९ को तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफलमा दुई प्रतिशतले कमी आएको देखिन्छ। त्यस्तै समग्र उत्पादनमा ६.९४ प्रतिशतले र समग्र उत्पादकत्वमा ९.१२ प्रतिशतले वृद्धि भएको मन्त्रालयले बताएको छ।

सातवटै प्रदेशका कृषि क्षेत्र हेर्ने मन्त्रालयहरुबाट प्राप्त जिल्लास्तरीय धानको क्षेत्रफल तथा उत्पादन अनुमानका आधारमा कृषि तथ्यांक प्राविधिक समितिको सिफारिसमा मन्त्रालयको सचिवस्तरको पुस १४ निर्णयअनुसार सो तथ्यांक सार्वजनिक गरेको हो।

गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफलमा २ प्रतिशतले कमी आएको छ। त्यस्तै समग्र उत्पादनमा ६.९४ प्रतिशतले र समग्र उत्पादकत्वमा ९.१२ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ।

प्रारम्भिक अनुमानअनुसार प्रदेशगतरूपमा गत आर्थिक वर्षको तुलनामा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब ३३.३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको देखिन्छ। मन्त्रालयका अनुसार गत वर्ष बेमौसमी वर्षका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा उल्लेख्य क्षति भइ उत्पादन उल्लेख्य कमी आएको थियो। यस वर्ष सामान्यीकरण हुँदा उल्लेख्य वृध्दि देखिएको हो।

सुदूरपश्चिम प्रदेशका अलावा गत वर्षको तुलनामा लुम्बिनी प्रदेशमा १५.२ प्रतिशत,  प्रदेश १ मा ५.७२ प्रतिशत र कर्णालीमा ३.४६ प्रतिशत र मधेश प्रदेशमा ०.१८ प्रतिशत उत्पादन वृद्धि भएको छ। तर बाग्मती र गण्डकी प्रदेशमा गत वर्षको तुलनामा क्रमशः १.४५ र ३.७४ प्रतिशत उत्पादन कमी भएको मन्त्रालयले जानकारी दिएइको छ।

समग्रमा गत वर्षको तुलनामा धानको उत्पादन बढे पनि किसानले भने उचित मूल्य पाएका छैनन्। सरकारले धानको न्युनतम समर्थन मूल्य तोके पनि समयमा यसको मूल्य भने किसानले नपाएको गुनासो छ। उनीहरू सरकारले तोकेको मूल्यभन्दा कममा व्यापारीलाई धान बेच्नुपर्दा लागतसमेत नउठ्ने समस्या परेको गुनासो गर्छन्।

किसानले मंसीरमा धमाधम धान काटेर बेच्ने पूर्वसन्ध्यामा अर्थात् २०७९-०८० का लागि मन्त्रिपरिषद्ले गत कात्तिक १६ गते मूल्य तोक्यो। समर्थन मूल्य तोक्न र कार्यान्वयनमा ढिला गर्दा आम किसानले कम मूल्यमा बजारमा धान बेच्नु परेको छ।

यसपटक सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ मूल्य निर्धारण गरेको छ। यो गत वर्षभन्दा प्रतिक्विन्टल २२६ रुपैयाँ बढी हो। गत वर्ष मोटा धानका लागि प्रतिक्विन्टल २ हजार ७ सय ५२ र मध्यम धानका लागि २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.