बढाएको दूधको मूल्य घट्यो

बढाएको दूधको मूल्य घट्यो

काठमाडौं: डेरी उद्योगहरूले बढाएको दूधको मूल्य घटेको छ। डेरी उद्योग संघ र संघमा आवद्ध डेरी उद्योगहरुले शनिबार (पुस १६ गते)देखि लागू हुनेगरी प्रतिलिटर १४ रुपैयाँले बढाएको दूधको मूल्य घटाइएको हो। एक्कासी मूल्य बढाएको भन्दै विरोध भएपछि आईतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरी वृद्धि गरिएको मूल्य तत्काललाई स्थगित गरिएको हो।

संघले वर्षमा दुई पटक गरी ४० रुपैयाँ प्रतिलिटर दूधको मूल्य बढाएका थिए। बढेको मूल्य अनुसार दूधको लिटरको एक सय रुपैयाँ पुगेको थियो। अब पुरानै मूल्य लिटरको ८६ रुपैयाँमा दूध किनबेच हुन्छ।

राष्ट्रिय दुग्ध विकास नीति २०७८ ले  प्रत्येक दुई वर्षमा मात्रै मूल्य तोक्न पाउने व्यवस्था गरेको छ।  सोहिअनुसार यसअघि २०७८ माघ १७ गते राष्ट्रिय दुग्ध विकास बोर्डको सिफारीसमा मन्त्रिपरिषदले दूधको मूल्य तोकेको थियो । सो बेला दूध मूल्य प्रति लिटरमा २६ रुपैयाँ वृद्धि गरियो।  ६० रुपैयाँ प्रति लिटर दूधको मूल्य सो दरले बढाएर ८६ रुपैयाँ पुर्‍यायो। यो मूल्य पनि विश्लेषण बिना नै निर्धारण भएको सरोकारवालाहरुले विरोध जनाउदै आएका थिए। 

सो मूल्य तोकेको १ वर्ष नबित्तै नेपाल डेरी उद्योग संघ र आबद्ध डेरी उद्योगहरूले एकतर्फी रूपमा दूधको मूल्य बढाएपछि उपभोक्ता हित संरक्षण मञ्च, राष्ट्रिय उपभोक्ता मञ्च लगायतले त्यसको सर्वत्र विरोध गरे। यसबारे राष्ट्रिय दुग्ध विकास बोर्डको ध्यानाकर्षण भयो। यसपछि शनिबार कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका सचिवको नेतृत्व र बोर्डको अध्यक्षतामा सरोकारवालासँग अहिलेलाई स्थगित गर्ने सहमति भएको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले जानकारी दिए। 

दाहाल भन्छन्, ‘अहिलेको मूल्य अवैज्ञानिक हो। यो बढ्नु हुदैन भनेरै रोकेको हो। पछिल्लो समय डिजल, पेट्रेल, दाना चोक्करको मूल्य बढेकाले दुग्ध उत्पादनमा प्रभाव परेको छ। यसैले अब यसको वैज्ञानिक अध्ययन गरेर त्यसपछि  मूल्य समायोजन गर्नेबारे सबै सरोकारवालाबीच सहमति भएको छ।’ अवैज्ञानिक रुपमा नीजि क्षेत्रले बढाएको दूधको मूल्य स्थगित गर्ने सहमती भएको उनले बताए। बोर्डले एक सुचना जारी गर्दै दूधको मूल्य वृद्धि स्थगन गरेको छ।

दूध कम्पनीहरुका लागि मूल्य बढ्दै आए पनि किसानले बिक्री गर्ने मूल्य भने अझै बढ्न नसकेको किसानको गुनासो छ। किसानबाट खरीद मूल्य बढाईएको छैन । तर बजारमा एकोहोरो बिक्री मूल्य मात्रै बढ्यो । अहिलेसम्म किसानले भने गाईको दूध प्रति लिटर ४५ रुपैयाँ र भैंसीको दूध प्रति लिटर ५५ रुपैयाँमा मात्रै बिक्री गर्दै आएका छन्। किसानले दूधको मूल्य लागतभन्दा कम पाउने र उपभोक्ताबाट विचौलियाले फाइदा लिने परिपार्टी बढ्दै जाँदा यसको उचित नियमन गर्न किसानले माग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.