बागमती प्रदेशसभाको पहिलो बैठक : दलहरूको प्राथमिकतामा प्रदेशको विकास

बागमती प्रदेशसभाको पहिलो बैठक : दलहरूको प्राथमिकतामा प्रदेशको विकास

हेटौंडा : बागमती प्रदेशसभाको दोस्रो कार्यकालको औपचारिक पहिलो बैठक सोमबार बसेको छ। बैठकमा दलका नेताहरूले आगामी पाँच वर्षको अवधिमा प्रदेशको विकास, सुशासन र समृद्धिमा एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बैठकले प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगिकार गरी बैठक सञ्चालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ। बैठकमा पाँच वटा अध्यादेश टेवल भएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताए।

प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–२०७९, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–२०७९, प्रदेश स्वास्थ्य सेवा ऐन–२०७५ लाई संशोधन गर्न बनेको अध्यादेश, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–२०७९ र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–२०७९ टेबल भएको उनले जानकारी दिए।

प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले अध्यक्षता गरेको बैठकले सभामुख चयनको मिति तोकेको छ। प्रदेशको सभामुख चयनका लागि पुस २९ गते शुक्रबार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक 
गरेको छ। २८ गते मनोनयन दर्ता हुने प्रदेशसभा सचिवालयका प्रवक्ता गुप्ताले बताए।

बैठकमा प्रदेशसभा नियामावाली पहिलो संशोधन २०७४ को नियम ११ उपनियम १ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रदेशसभाको सदस्य ठाकुरप्रसाद ढकाल, लक्ष्मी घिमिरे, राजेन्द्रमान श्रेष्ठ, उर्मिला नेपाल र भारती पाठकलाई मनोनित गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.