आहा ! रारा पोखरा गोल्डकप  : मनाङलाई पराजित गर्दै बिवाईएससी अमेरिका सेमिफाइनलमा

आहा ! रारा पोखरा गोल्डकप  : मनाङलाई पराजित गर्दै बिवाईएससी अमेरिका सेमिफाइनलमा

पोखरा : ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै भुटनीज युथ सकर क्लब मिनेसोटा अमेरिका २२औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइलनमा स्थान बनाएको छ। 

मनाङ मर्स्याङ्दी क्लब भने पहिलो पटक पहिलो खेलबाटै बाहिरिएको छ। आमन्त्रित टोली भुटनीज युथको जितमा प्रविन बस्नेत नायक बने। 

उनले खेलको १८ औं मिनेटमा हेक्टर ओर्टेगाको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। डिबक्सभित्र मनाङ मर्स्याङ्दी क्लबका डिफेण्डरले क्लियर गर्न नसकेको बललाई बस्नेतले सेकेण्डबार च्याप्दै गोल गरे। 

मनाङ मस्याङ्दीले पुरा समयमा खासै उल्लेख्य प्रदर्शन गर्न सकेन। खेलको ४४ मिनेटमा लक्ष्मण रुचालले हानेकोसट बीवाईएससी मिनेसोटा अमेरिकाका डिफेण्डर ओर्टेगाले बचाउँ गरेका थिए। मनाङका लागि अमेरिकन टोलीको डिफेण्डर कडा चुनौती बनेका थियो। 

खेलको ७०औं मिनेटमा अमेरिकाका थोमस सकरले प्रहार गरेको बललाई मनाङका गोलरक्षक दिप कार्कीले बिफल बनाएका थिए। यस्तै गरी खेलको ७२औं मिनेटमा किपर बिट भएको अवस्थामा अमेरिकाका मिगुलले प्रहार गरेको बल  फष्ट बारबाट बाहिरिएको थियो। 

खेलको ८४औं मिनेटमा अमेरिकाका रोजिन प्रजापतिको प्रहारलाई मनाङका डिफेण्डर रमेश थापाले गोललाईनबाट क्लियर गरेका थिए। 

अमेरिकाले पाएका धेरै अवसर खेर फालेको थियो। प्रतिस्पर्धामा अमेरिकाका खेलाडी प्रविन बस्नेत म्यान अफ दि म्याच बने। 

खेलपछि प्रतिक्रिया दिदै मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक किरण श्रेष्ठले आफ्ना केही खेलाडी घाइते हुनु र टिममा नयाँ युवा खेलाडी भएकाले सेट हुनुअघि नै गोल खाँदा खेलमा फर्कन कठिन भएको बताए। 

मनाङका प्रशिक्षक श्रेष्ठले दुई दिन अघि मात्र क्लबको जिम्मेवारी समालेका थिए। डेब्यु प्रशिक्षक श्रेष्ठले जितबाट आफ्नो यात्रा सुरु गर्न भने सफल भएनन्। 

खेलपछि प्रतिक्रिया दिँदै  बीवाईएससी मिनेसोटा अमेरिकाका प्रशिक्षक प्रदिप हुमागाइँले लामो यात्रा गरेर आएका थकित आफ्नो खेलाडीले राम्रो प्रर्दशन गरेको सुनाए। 

अबको खेलमा थप सुधार गरेर अघि बढ्ने पनि उनले बताए। गोल्डकपको पहिलो सेमिफाइल खेल सशस्त्र प्रहरी बल (एपीएफ) र संकटा क्लबबीच पोखरा रंगशालामा बुधबार दिनको दुई बजेदेखि हुने छ। 
 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.