हुलाकी राजमार्गको ३९ प्रतिशत काम बाँकी

हुलाकी राजमार्गको ३९ प्रतिशत काम बाँकी

काठमाडौं: हुलाकी लोकमार्ग निर्माण आयोजनाको सम्झौता अवधि ६ महिना बाँकी छ। आयोजना सञ्चालन भएको १२ वर्ष बित्न लागेको छ। यो अवधिमा ६१ प्रतिशत मात्र काम सम्पन्न भएको छ। आयोजनाको ३९ प्रतिशत काम बाँकी छ।

आर्थिक वर्ष २०६६/६७ देखि काम थालिएको आयोजना आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य थियो। लक्ष्य अनुसार यो आयोजना चालु आर्थिक वर्ष भित्रै सक्काउनु पर्ने हो। तर नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागबाट सार्वजनिक २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार हालसम्मको समष्टिगत भौतिक प्रगति ६१.१२ प्रतिशत छ।

वित्तीय प्रगति ५२ अर्ब १८ करोड रुपैयाँ अर्थात् ८०.०३ प्रतिशत छ । हालसम्ममा कुल १ हजार ७ सय ९२ किलोमिटरमध्ये ८ सय ९१ किलोमिटर कालोपत्रे सम्पन्न भएको विभागले जनाएको छ। यसबाहेकका बाँकी ४७० किलोमिटर सडक निर्माणाधीन छ। राजमार्गमा २१९ पुल बनाउनु पर्नेछ । अहिलेसम्म ११५ पुल निर्माण भएको विभागले जनाएको छ।

पूर्वमा झापाको केचनादेखि पश्चिममा कञ्चनपुर दोधारा चाँदनीसम्मको भूभागलाई जोड्ने यो राजमार्गको प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रुपैयाँ थियो। पछि संशोधनसहित यसको लागत ६५ अर्ब २० करोड रुपैयाँ पुर्‍याइएको छ।

मधेस प्रदेशमा हुलाकी राजमार्ग पूर्वाधार विकासका राष्ट्रिय आयोजना मध्ये एक हो। यो प्रदेशमा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको काम द्रुत गतिमा अघि बढिरहेको छ भने जयनगर-जनकपुर कुर्था रेल्वे सञ्चालनमा आइसकेको छ। हुलाकी राजमार्ग निर्माणको कार्य प्रगतिमा वृद्धि हुने, जयनगर जनकपुर कुर्था रेलवेको बाँकी खण्ड विस्तार भई विजलपुरा हुँदै बर्दिवाससम्म पुर्‍याउन काम अघि बढिरहेको तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउन सरकारले बजेट र कार्यक्रम अघि बढाएकाले आगामी वर्षमा पूर्वाधार क्षेत्रको प्रगतिमा उल्लेख्य वृद्धि हुने नेपाल राष्ट्र बैंकको जनकपूर कार्यालयको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

स्थानीय तहमा नयाँ जनप्रतिनिधिको आगमनसँगै कामले नयाँ दिशा पहिल्याएको देखिन्छ। स्थानीय आवश्यकता अनुरुपको विकास निर्माणको पहिचान, जनताको विकास प्रति जागरुकता र निर्माण सामग्रीको सहज उपलब्धता आदि कारणले मधेस प्रदेशमा आगामी दिन पूर्वाधार निर्माणको गतिमा अझ तीव्रता आउने नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को वार्षिक अध्ययनमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.