एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा

एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा

गोरखा : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले प्रयोग गरेको गोरखादेखि काठमाडौंसम्मको बाटालाई एकीकरण पदमार्गका रूपमा स्थापित गर्न नेपाली सेनाले एकीकरण पदयात्रा सुरु गरेको छ।

ऐतिहासिक धरोहरको संरक्षण, सम्वर्द्धन र विकास गर्ने उद्देश्यले सुरु गरेको एकीकरण पदयात्राको चौथो श्रृङ्खला बिहीबार गोरखाबाट सुरु गरेको हो। 

नेपाली सेनाको रिपुमर्दन गणको आयोजना, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा एकीकरण पदयात्रा सुरु भएको हो। यात्रामा सबुज गण, बर्दबहादुर गण, पुरानो गोरख गण, कालीबक्स गण र श्रीनाथ गणका सैनिक सहभागी छन्। 

गोरखादेखि सुरु भएको पदयात्रा पुस २७ गते पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका दिन हनुमानढोका दरबारमा पुगेर टुङ्गिने रिपुमर्दन गणका गणपति हेम विष्टले जानकारी दिए।

पदयात्रामा सहभागी सेना बिहीबार बिहान राष्ट्रिय झण्डा, गणको आफ्नै झण्डा र टर्च बोकेर गोरखा दरबारबाट पदयात्रामा निस्किएका हुन्। 

गोरखादरबारबाट निस्केका उनीहरू जोरचौतारी, ताप्ले, अश्राङ, बोर्लाङघाट हुँदै साँझ घाटबेसीमा पुग्नेछ। सो टोलीले त्यहाँ पुगेर धादिङको शिवदल गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरणसहित यात्रा गर्नेछन्। 

शिव दल गणका टोलीले नुवाकोटसम्म पुगेर जबरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली पुस २७ मा काठमाडौं पुग्नेगरी कार्यक्रम बनाइएको गणपति बिष्टले बताए।

पदयात्रा शुभारम्भ कार्यक्रममा नेपाली सेनाका पश्चिम पृतनापति उपरथी दिपककुमार बानियाँले इतिहासको महत्व सँधै अमर रहने बताएका थिए। 

आजको पुस्ताले यसको संरक्षण गर्नु आवश्यक रहेको बताए। गोरखा देखि जितगढी सम्मको पदयात्राका लागि पनि सेनाले तयारी गरिरहेको बताउँदै २०८० बैशाखमा उक्त रुटमा पदयात्राको तयारी रहेको उनले बताए।

नेपाली सेनालाई राष्ट्रिय एकता कायम गर्ने गहन जिम्मेवारी समेत रहेको बताउँदै उनले अहिले पनि राष्ट्रिय एकताको महशुस गरिएको बताए। 

सोअन्तर्गत विभिन्न किल्ला, कोट, गढी, दरवारको संरक्षण र वीर पुर्खाको योगदानको कदरका लागि पनि सेनाले विभिन्न कार्य गर्दै आएको पश्चिम पृतनापति बानियाँले बताए। 

यसका लागि सेना, विभिन्न तहका सरकार, संघसंस्था र सर्वसाधारणसंग सहकार्य गरेर अघि बढ्न तत्पर रहेको उनले बताए।

एकीकरण पदयात्रा कार्यक्रमले इतिहासको जर्गेना पनि हुने र पर्यटन विकासमा टेवासमेत पुग्ने हुँदा यस कार्यक्रमलाई प्रवद्र्धन गर्नुपर्ने गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगरले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.