बीवाईएससी फाइनलमा

बीवाईएससी फाइनलमा

पोखरा : अमेरिकाको भुटनिज युथ सकर क्लबले २२औं संस्करणको आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा स्थान बनाएको छ। पोखरा रंगशालामा बिहीबार भएको सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई १–० गोलले हराउँदै बीआईएसीले फाइनलमा स्थान बनाएको हो।

बीआईएसीलाई जित दिलाउन रोजिन प्रजापतिले निर्णायक गोल गरेका थिए। प्रविण बस्नेतले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै रोजिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। खेलको ८४औं मिनेटमा आशिष चौधरीले दोहोरो पहेंलो कार्डसहित रातो कार्ड पाउँदा चर्च ब्वाइज १० खेलाडीमा समेटिएको थियो। बीआईएसीले उपाधिका लागि संकटा क्लबको सामना गर्नेछ। संकटाले एपीएफलाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ।

प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गरेका थिए। सहारा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन्। यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र हरेक खेलका म्यान अफ दी म्याचले आठ हजार रुपैयाँ पाउने छन्। प्रतियोगिताबाट बचत भएको रकम सहारा क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीमा खर्च गरिने जनाइएको छ। एकेडेमीमा १० जिल्लाका १३ खेलाडी छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.