प्रदेश १ मा चार सदस्यीय मन्त्रिमण्डल विस्तारको तयारी

प्रदेश १ मा चार सदस्यीय मन्त्रिमण्डल विस्तारको तयारी

विराटनगर : प्रदेश १ मा आज मुख्यमन्त्रीसहित चार जना प्रदेशसभा सदस्य सरकारमा सहभागी हुने भएका छन्।

मुख्यमन्त्री हिक्मत कार्कीसहित चार जना सरकारमा सहभागी हुने भएका हुन्। एमाले, राप्रपा र जसपाबाट १/१ जना सरकारमा जाने तयारी रहेको बताइएको छ। 

एमालेबाट ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, राप्रपाबाट संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बू सरकारमा जाने तयारी रहेको जनाइएको छ।

प्रदेश १ को मुख्यमन्त्रीमा आलोपालोको सहमति नमिलेपछि माओवादी भने सरकारमा सहभागी नहुने भएको छ। 

विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको छ। 

प्रदेश प्रमुखले नवनियुक्त मुख्यमन्त्रीलाई सपथ ग्रहण गराउनेछन्। त्यसपछि मुख्यमन्त्रीले अन्य मन्त्रीहरूलाई सपथ ग्रहण गराउनेछन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.