बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले लिए शपथ

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले लिए शपथ

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ ग्रहण गरेका छन्। जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार शपथ ग्रहण गराएका हुन्।

यसैगरी नेकपा एमालेका जगन्नाथ थपिलया आर्थिक मामिला तथा योजना मन्त्री र रापपाका उद्धव थापा बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन्। 

शर्माले जम्कट्टेललाई सोमबार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए।

जम्कट्टेललाई पाँच दलका ७० प्रदेश सांसदको समर्थन छ। जसमा एमालेका ३७, माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीका २ जना छन्। १ सय १० सिट रहेको बागमतीमा प्रदेश सरकार बनाउन ५६ सिट आवश्यक हुन्छ। 

जम्कट्टेल प्रदेशसभाको पहिलो कार्यकालमा तीन महिना मात्र सत्ताबाहिर बसे। मुख्यमन्त्री हुने दिनसम्म पनि उनी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारीमा थिए। ४२ महिना आन्तरिक मामिला तथा कानुन र पछिल्लो पटक १५ महिनादेखि आर्थिक मामिला तथा योजनामन्त्री थिए। उनी अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुँदा मात्र सत्ताबाहिर बसे।

जम्कट्टेल माओवादीबाट मजदुर नेताका रुपमा उदाएका व्यक्ति हुन्। धादिङको साविक किराञ्चोक गाविस–९ मा २०३० साल भदौमा जन्मिएका जम्कट्टेल माओवादीका पोलिटब्युरो सदस्य एवं धादिङ जिल्ला इन्चार्जको जिम्मेवारीमा छन्। उनका श्रीमती र छोरी छन्। स्नातकसम्म अध्ययन गरेका जम्कट्टेलले २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर विद्यार्थी राजनीति सुरु गरेका थिए।

सशस्त्र द्वन्द्व सुरु भएपछि उनी त्यसमै क्रियाशील रहे। २०६० सालदेखि एक दशकभन्दा बढी समय अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष बने। २०६३ सालमा अन्तरिम बिधायक बने। पहिलो संविधानसभा निर्वाचनमा धादिङ–३ मा राजेन्द्र पाण्डेलाई पराजित गरे। २०७० मा भने पाण्डेसँगै पराजित भए। उनले २०७४ मा कांग्रेसका प्रभात किरण सुवेदीलाई पराजित गर्दै प्रदेशसभा सदस्य बने। यसपटक एमालेका गजेन्द्रप्रसाद थपलियालाई हराउँदै प्रदेशसभामा पुगेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.