रास्वपाका सांसदद्वारा पूर्व मुख्यमन्त्री लालबाबु राउतको भ्रष्टाचार छानबिनको माग

रास्वपाका सांसदद्वारा पूर्व मुख्यमन्त्री लालबाबु राउतको भ्रष्टाचार छानबिनको माग

काठमाडौं : मधेस प्रदेश सरकारका कर्मचारीतन्त्रले कमिसनलाई आफ्नो अधिकार सम्झेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य मनिष झाले टिप्पणी गरेका छन्। 

उनले यसलाई सुधार गर्न नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवसँग माग गरेका छन्। नवनियुक्त मुख्यमन्त्रीलाई बधाई दिँदै समाजिक सञ्जालमा सांसद् झाले निवर्तमान मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा भएको भ्रष्टाचारको यथाशिघ्र निष्पक्ष छानबिनको माग गरेका छन् ।

‘मधेस सरकारको कर्मचारीतन्त्रले ‘पीसी’लाई अधिकार सम्झेको छ। त्यो संस्कार हटाउनुस्,' सांसद् झाले मुख्यमन्त्रीलाई शुभकामना तथा बधाईसँगै सुझाव दिँदै भनेका छन्, ‘सरकार नागरिकका लागि होस्, दल वा दलालका लागि हैन।’

विगतको अनुभवको आधारमा उनले मुख्यमन्त्री यादवलाई सुझाएका छन्। ‘सक्षम र स्वच्छ व्यक्तिलाई मन्त्री बनाउनुहोस्,' उनले भनेका छन्, ‘मन्त्रालय मन्त्रीले चलाओस्, उसको सन्तानले हैन।’ गत सरकारमा नवल किशोर यादव समाजिक विकास मन्त्री रहँदा उनको छोरोले मन्त्रालय चलाएको तथ्य बाहिर आएको थियो।

सरकारले विपन्न नागरिकहरुले काम गर्नु पर्नेमा सांसद् झाले जोड दिएका छन्। मुख्यमन्त्रीलाई सुझाउँदै उनले अघि भनेका छन्, ‘याद रहोस्, राज्य कमजोरको सेवा-सहयोगका लागि चाहिन्छ। बलवानको सेवामा समय नखर्चिनुहोस्। पाएको बजेटको सही उपयोग होस्।’

मधेस सरकारले संघीयतालाई कार्यान्वन गर्न काम गर्नुपर्नेमा उनले जोड दिएका छन्। उनले मुख्यमन्त्रीलाई भनेका छन्, ‘याद रहोस्, मधेसमा संघीयता कमजोर भए देशमै कमजोर हुनेछ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.