हिमालयनले सिभिललाई प्राप्ति गर्ने

हिमालयनले सिभिललाई प्राप्ति गर्ने

काठमाडौं : हिमालयन बैंकले सिभिल बैंकलाई आगामी माघ १८ गते प्राप्ति गर्ने भएको छ। दुवै बैंकको बिहीबार बसेको वार्षिक साधारणसभाले एकीकृत कारोबार गर्ने प्रस्ताव पारित गरेको हो। 

हिमालयन बैंक नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जर गर्ने प्रक्रियामा गएपछि बीचैमा तोडिएको थियो। डिमर्ज भएकै कारणले नेपाल राष्ट्र बैंकको कारबाहीमा समेत परे। अन्नतः दुवै बंैकले जोडी रोजिसकेका छन्। सिभिल बैंकसँग प्रविधि, प्रणाली र संस्कार मेल खाएकाले प्राप्ति गरेर एक हुने निर्णय गरेको हिमालयन बैंकले जनाएको छ।

हिमालयन बैंकको ३०औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदनसहित सोही आवको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयरले हुने जम्मा  १.०३ अर्ब रुपैयाँ तथा ११.११  प्रतिशत नगद लाभांशले (करसहित) हुने जम्मा रु. १.४४ गरी कुल १९.११ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ। 

 साधारणसभाले विजयबहादुर श्रेष्ठलाई निर्विरोध रूपमा सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा चयन गरेको छ। यता बिहीबारै काठमाडौंमा आयोजित सिभिल बैंकको १२औं वार्षिक साधारणसभाले पनि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ५ प्रतिशतबराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि प्रतिसेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ।

दुवै बैंकले स्वीकृत गरेको बोनस तथा नगद लाभांश निर्धारण सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (डीडीए) को आधारमा आपसी समझदारीअनुसार गरिएको हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले जानकारी दिए। 

दुवै बैंकको साधारणसभाले सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति (एक्विजिसन) गर्ने सन्दर्भमा निर्धारित स्वाप रेसियोलाई पनि पारित गरेको छ। अब सिभिल बैंकको १०० कित्ता सेयरबराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००ः ८०.२८) कायम  गरेको छ। 

 ‘१२ वर्ष इतिहास बोकेको सिभिल बैंक स्थापनामा हिमालयनकै कर्मचारीहरूले स्थापित गरेको बैंक हो’ उनले भने।  यो बैंकको प्रणाली मिल्ने र संस्कार पनि मिलेकाले प्राप्ति गर्न उपयुक्त ठानिएको उनले बताए। नेपाल राष्ट्र बैंकको नियमअनुसार कुल चुक्ता पुँजीको न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी हुनुपर्ने व्यवस्था छ। 

तर अहिले हिमालयन बैंकले मात्रै सर्वसाधारण सेयर १५ प्रतिशत जारी गरेको छ। दुवै बैंक एक भएपछि राष्ट्र बैंकको सीमाअनुसार  चुक्ता पुँजीको २.९९ प्रतिशत पुग्दैन। चालू आर्थिक वर्षभित्रै तीन अर्ब रुपैयाँभन्दा बढीको एफपियो साधारण लगानीकर्तामा जारी गरेर उठाउने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोकशमशेर राणाले जानकारी दिए। ‘पछिल्लो समय  समग्र मुलुकको आर्थिक अवस्थाले गर्दा धेरै बैंकको निष्क्रिय  कर्जा (एनपीए) बढेको छ। कर्जाको ब्याजदर बढेर व्यवसाय सञ्चालनमा गाह्रो भएको गुनासो छ।’, उनले भने, ‘प्रवाहित कर्जामा प्राभिजनिङ बढी राख्नुपर्दा खुद नाफा बढी देखिए पनि वितरणयोग्य आम्दानी कम हुन गएको छ। परिणामस्वरूप बजारमा धेरै बैंकको लाभांश कम भएको स्थिति छ। तर राम्रो गर्न सफल भएका छौं।’

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्तिपश्चात् ‘हिमालयन बैंक लिमिटेड’ कै नाममा एकीकृत कारोबार गर्नेछ। प्राप्तिपश्चात् बैंकको कुल अधिकृत पुँजी  २६ अर्ब रुपैयाँ हुनेछ। जारी तथा चुक्ता पुँजी २१ अर्ब ६५ करोडभन्दा बढी हुनेछ। प्राप्तिपश्चात् बंैकको कुल पुँजी कोष ३६ अर्ब ६९ करोडभन्दा बढी हुनेछ। बंैकको कुल शाखा सञ्जाल १ सय ८९, विस्तारित काउन्टर १९ र एटीएम संख्या २ सय ६२ पुग्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.