कांग्रेसलाई विपक्षी दल भन्न मिल्दैन,नेमकिपालाई प्रमुख प्रतिपक्षी तोकियोस् : प्रेम सुवाल
काठमाडौंः नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल भन्न नमिल्ने बताएका छन् । प्रतिनिधि सभामा बोल्दै सांसद् सुवालले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल मान्ने आधारनै नरहेको बताए ।
‘प्रतिपक्ष दल तोक्न सदनको ध्यानाकर्षण गराउँछु । प्रधानमन्त्रीमा विश्वासको मत दिने दलमध्ये नेमकिपा पहिलो दल हो ।’कानुनविद्,राजनीतिज्ञहरुले पनि कांग्रेसलाई प्रतिपक्ष दल मान्न नसकिले बताएको उल्लेख गरे ।
संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन,२०७३ अनुसार उपखण्ड (३) बमोजिम लिखित मञ्जुरी नभएमा वा मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दल बाहेकका प्रतिनिधि सभा वा राष्ट्रिय सभामा १० प्रतिशत वा सो भन्दा बढी सदस्यहरू भएको कुनै पनि दल नभएमा प्रतिनिधि सभा वा राष्ट्रिय सभाका लागि सभामुख वा अध्यक्षले तोकिदिएको दललाई विपक्षी दल मानिएको छ ।
प्रतिक्रिया दिनुहोस !