खुम्बु क्षेत्रमा चिसोले जम्न थाल्यो पानी
सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रमा पिउने पानी आपूर्तिमा समस्या भएको छ। अत्यधिक चिसोका कारण पाइपको पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानी आपूर्ति प्रभावित बनेको हो।
जमेको पाइपको पानी दिउँसो घाम लागेको समयमा समेत नपग्लिदा खुम्बुको विभिन्न स्थानमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय दामु शेर्पाले बताइन्। उनका अनुसार खुम्बुमा यतिखेर खाने तेल देखि घरभित्र भरेको पानीसमेत जमेर ढिक्का जस्तै बन्ने गरेको छ।
चिसो बढेसँगै सो क्षेत्रको तापक्रम समेत घटेर माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए। अहिले सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा समेत विहानको समयमा पानी आपूर्ति प्रभावित भइरहेको छ। धारा तथा पाइपको पानी जमेर बरफ हुँदा दैनिकी कष्टकर बनेको स्थानीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !