यती एयर दुर्घटना स्थलमा दिप प्रज्ज्वलन

यती एयर दुर्घटना स्थलमा दिप प्रज्ज्वलन

पोखरा : माघ १ गते पोखराको सेती किनारमा भएको यती एयरलाइन्सको ९ एन–एएनसी विमान दुर्घटना परेर मृत्यु भएकाहरूको मोक्ष प्राप्तिका लागि आइतबार दुर्घटना स्थलमा दिप प्रज्ज्वलन तथा मोन्लम (प्रणिधान) पाठ वाचन गरिएको छ।

गुरुङ (तमु) लामा बौद्ध धर्म समाज पोखराको आयोजनामा आइतबार बिहान दिप प्रज्ज्वलन तथा मोन्लम (प्रणिधान) पाठ वाचन गरिएको हो। एक सय बढी लामाको सहभागीतामा पाठ वाचन गरिएको आयोजक संस्थाका प्रदिप गुरुङले जानकारी दिए। 

विमान दुर्घटनामा पर्नु भएका सबैको मोक्ष प्राप्तिका लागि र सुखावती भुवनमा वास होस भन्ने कामना गर्दै दिप प्रज्ज्वलन तथा मोन्लम (प्रणिधान) पाट वाचन गरिएको गुरुङले बताए। 

यसैगरी विमान दुर्घटनास्थलमा स्मारक निर्माणका लागि पनि पहल सुरु भएको छ। सेती किनारमा भएको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा सबैभन्दा ठूलो विमान दुर्घटना हो। 

उक्त विभीषिकाको भविश्यमा पनि अध्ययन, अनुसन्धान र मृतकहरूको सम्झनाका लागि दुर्घटनास्थलमा स्मारक निर्माणका लागि स्थानीय र सरोकारवालाले आवाज उठाएका हुन्। 

पीडित परिवारका सदस्य काजीमान गुरुङले शोकलाई शक्तिमा बदल्दै स्वर्गीय आत्माहरूको शान्ति र सम्मानका लागि घटनास्थलमा राज्यले स्मारक बनाउनु पर्ने बताए। छानबिन आयोगले सत्य उत्तर दिनु पर्नेमा पनि उनले जोड दिए। 

बाटो साँगुरो हुँदा दुर्घटना लगतै उद्धार गर्न आएका दमकल र एम्बुलेन्स घटनास्थल पुग्न सकस भएकोले त्यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने नागवेली टोलका संयोक क्यामबहादुर गुरुङले बताए। 

यसै गरी दुर्घटना भएको १३ औं दिनमा स्वस्ति शान्ति, पूजापाठ गर्ने तयारी गरिएको स्थानीय वासिन्दा समेत रहेका पत्रकार कुसुमकेशव पराजुलीले बताए। 

दुर्घटनामा विमानमा सवार ७१ जनाको शव भेटिसकेको छ भने एक जनाको खोजी कार्य अझै जारी छ। 

पोखरा अन्तर्राष्ट्रिय विमनस्थलमा अवतरणका क्रममा अवतरण हुन १० देखि १२ सेकेन्ड मात्र बाँकी रहदा सेती किनारमा विमान दुर्घटना भएको थियो। ६८ जना यात्रु र चालक दलका ४ जना सहित ७२ जना सवार विमान दुर्घटना परेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.