टाइगर कप भलिबल: महिलातर्फ एपीएफ शीर्ष स्थानमा

टाइगर कप भलिबल: महिलातर्फ एपीएफ शीर्ष स्थानमा

पोखराः पोखरामा जारी ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लव च्याम्पियनसीप अन्तर्गत महिलातर्फ लिग चरणका सबै खेल जितेर ९ अंक बटुल्दै सशस्त्र प्रहरीको एपीएफ क्लब शीर्ष स्थानमा छ। यो सँगै महिला तर्फको सेमीफाइनलको समीकरण पुरा भएको छ।
 
शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरीबलको एपीएफ क्लवसँग लिग तालिकाको पुछारमा रहेको घरेलु टोल गण्डकी प्रदेशसँग भेट पक्का गरेको छ। गण्डकीले लिग चरणमा कुनै खेल जित्न सकेन।

यस्तै प्रतियोगितामा तीन अंक बटुल्दै अंक तालिकामा तेस्रो स्थानको होङवान्जी न्यू डायमण्डले अंक तालिकामा दोस्रो स्थान प्राप्तगरी ६ अंक बटुलेको त्रिभुवन आर्मीसँग भेट पक्का गरेको छ। न्यू डायमण्डले बुधबार भएको गण्डकी विरुद्धको खेल जित्दै तीन अंक प्राप्त गरेको हो।

बुधबारको खेलमा महिलातर्फ विभागीय टोली सशस्त्र प्रहरीले आफ्नो अविजित यात्रालाई कायम गर्दै अर्को विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लवलाई ३-१ को सेटमा पराजित गरेको छ भने घरेलु टोली गण्डकी न्यू डायमण्डसँग ३-१ को सेटमा पराजित हुन पुग्यो। राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा तीन भारतीय खेलाडीसहित टाइगर कपमा सहभागी गण्डकीले जारी प्रतियोगितामा कुनै जित निकाल्न सकेन।

पहिलो खेलमा न्यू डायमण्डले घरेलु टोलीविरुद्ध खेल्दै पहिलो सेट २५-१९ ले गुमाउन पुग्यो। तर पछिल्ला तिन सेटमा खेलमा फर्किदै २५-१५, २५-१४ र २५-११ ले खेल जित्दै महत्वपूर्ण तीन अंक प्राप्त गर्‍यो। उक्त खेलमा न्यू डायमण्डकी सलिना बुढा प्लेयर अफ दि म्याच हुँदै नगद ५ हजार प्राप्त गर्दा न्यू डायमण्डकै बाल्मिका आचार्य वेष्ट स्पाइकर हुँदै नगद २ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरिन्।

महिलातर्फ खेलमा अविजित शसस्त्र प्रहरीले नेपाल आर्मीलाई ३-१ को सेटमा पराजित गरेको छ। खेलमा पहिलो सेट २५-१७ ले जितेको एपिएफले दोस्रो सेट २५-२२ ले नेपाल आर्मीलाई सुम्पियो। तेस्रो सेट २५-१६ तथा चौथो सेट २५-१५ ले जित्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो। खेलमा एपीएफकी निरुता ठगुन्नाले प्लेयर अफ दि म्याच हुँदै नगद ५ हजार र सरस्वती चौधरी वेष्ट स्पाइकर हुँदै नगद २ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्न सफल रहे।

यस्तै गरी पुरुषतर्फको खेलमा आयोजक गण्डकी प्रदेशले विभागीय टोली नेपाल आर्मीको त्रिभुवन आर्मी क्लवलाई रोमाञ्चक पूर्ण खेलमा ३-२ को सेटमा पराजित गरेको छ। पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२३ ले जित्दै आर्मीले गण्डकीलाई दबाबमा राखे पनि पछिल्ला तीन सेट गण्डकी कम ब्याक गर्दै आर्मी माथी जित हासिल गर्‍यो। तेस्रो सेट २५-२३, चौथो सेट २५-२२ र पाँचौ सेट १५-१३ ले गण्डकी खेल जितेको हो।

खेलमा गण्डकीका घनश्याम चौधरी प्लेयर अफ दि म्याच र रबी केसी वेष्ट स्पाइकर घोषित भए। घनश्यामले नगद ५ हजार र रबीले नगद ३ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे। यस्तै गरी विभागीय टोली एपीएफले आफ्नो अविजित यात्रा जारी राख्दै विदेशी टोली श्रीलंकाको सेन्ट जोशेफ भाज स्पोर्टस क्लवलाई ३-० को सोझो सेटमा पाखा लगाएको छ। निकै रोमाञ्चपूर्ण खेलमा तीन सेट नै एपीएफले २५-२३, २५-२३ र २५-२३ ले पराजित गरेको हो। खेलमा भाज स्पोर्टसका काविस्का र वेष्ट स्पाइकर एपीएफका विजय थापा घोषित भए।

जारी प्रतियोगितामा एपीएफ ४ खेलमा ४ खेल जित्दै १२ अंकका साथ शीर्ष स्थानमा छ भने गण्डकी ३ खेलमा २ खेलमा जित र एक खेलमा हार व्यर्होदै ६ अंकका साथ दोस्रो, नेपाल आर्मी ३ खेलमा एक जित र २ हार सहित ४ अंक, नेपाल पुलिस तीन खेलमा एक जित र दुई खेलमा हारका साथ २ अंक तथा सेन्ट जोशेफ आफूले खेलेका तीन खेलमा नै हार व्यहोरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.