सडक मुआब्जा पाउन थाले डडेल्धुरा सदरमुकामबासीले

सडक मुआब्जा पाउन थाले डडेल्धुरा सदरमुकामबासीले

डडेल्धुरा: डडेल्धुरा सदरमुकाम राजमार्ग छेउछाउमा रहेका घरधनी र जग्गाधनीले मुआब्जा रकम पाउन थालेका छन् ।  सडक चौडा गर्नका लागि सडक क्षेत्राधिकारभित्र रहेका घर र जग्गाधनीलाई सरकारी मुल्यांकनका आधारमा मुआब्जा दिन थालिएको हो । सदरमुकाम क्षेत्रमा दायाँबायाँ १५र१५ मिटर सडक चौडा पार्न क्षतिपूर्ति दिन लिएको हो ।

विगत लामो समयदेखि मुआब्जाको विषयलाई लिएर सडक चौडा पार्ने काममा अवरोध हुँदै आएको थियो । तर,डडेल्धुरा जिल्ला सदरमुकाम बाघखोरबासीहरूले मुआब्जा रकम पाउन थालेसँगै सदरमुकामको सडक फराकिलो बन्ने कुरामा स्थानीय ढुक्क छन् । सडक फराकिलो बनाउन स्थानीयलाई मुआब्जा वाफतको रकम बाँडिन लागेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । स्थानीयको जमिन लागतकट्टा गरि सडक डिभिजन कार्यालयका नाममा नामसारि गरिएपछि स्थानीयलाई मुआब्जा वाफतको रकम बाँडिन थालिएको हो ।

जिल्ला प्रशासन कार्यालयमार्फत गएको सोमबार ११ जनालाई मुआब्जावाफत २ करोड ९० लाख रकम बैंक खातामा जम्मा गरिएको तत्कालिन प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । प्रजिअ जोशी अहिले सरूवा भइसकेका छन् ।

पहिलो चरणमा १०५ जनालाई मुआब्जा वितरण गर्न २० करोड रकम उपलब्ध भएको जनाइएको छ । जिल्ला सदरमुकाम बाघखोर क्षेत्रमा सडक फराकिलो बनाउँदा उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने भनि अदालतको फैसाला भएको थियो । पाँच मिटर मात्रै कालोपत्रे गरिएको सडक अब दायाँबायाँ १५र१५ मिटरले फराकिलो बनाइने जनाइएको छ । 

मुआब्जा वाफत स्थानीयलाई ८४ करोड ८५ लाख रुपैयाँ आवश्यक पर्दछ । तर सरकारले पहिलो चरणमा उक्त रकम छुटाएको थियो । स्थानीयलाई मुआब्जा वाफतको सबै रकम उपलब्ध गराए पछि सडक फराकिलो बनाउन टेण्डर आह्वान गरिने सडक डिभिजन कार्यालयले जनाएको छ । सडक फराकिलो बनाउन ४५ करोड रकम बराबरको टेण्डर हुने सडक डिभिजन कार्यालय डोटीले जनाएको छ ।  

यसअघि सडक फराकिलो पार्न दुईपटक टेण्डर आह्वान गरिए पनि काम सुरु हुन सकेको थिएन । अदालतको फैसला अनुसार स्थानीय बारम्बार अदालत पुगेपछि टेण्डर रद्द गरिएको थियो । मुआब्जा पाइसकेका स्थानीय आफैले सडक क्षेत्र भित्र पर्ने घरहरु हटाउनुपर्ने  जिल्ला प्रशासन कार्यालयले जनाएको छ। हाल मुआब्जा पाइसकेकाहरूलाई सडक क्षेत्रमा पर्ने घरहरु समय तोकेर आफै हटाउन आग्रह गर्ने तयारी भइरहेको छ ।

सडक चौडा नहुँदा सदरमुकाममा हिँडडुल गर्न दैनिक आवातजावत गर्न पनि समस्या हुन्छ  भने ट्राफिक जाम पनि दिनहुँ हुने गर्दछ । करिब दुई किलोमिटर दुरी सम्म बजार क्षेत्र रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.