दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापना

दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापना

धनकुटा : धनकुटा सदरमुकाममा रहेको ऐतिहासिक निशान भगवती मन्दिरमा दुई सय वर्ष पुरानो ढुंगेधारा पुनर्स्थापना गरिएको छ। 

वसन्तपञ्चमीको अवसर पारेर बिहीबार एक कार्यक्रमका बीच नेपाली सेनाका पूर्वी  पृतनापति उपरथि सहदेव खड्काबाट पुनर्स्थापना गरिएको हो। 

तत्कालीन करिव २ सय ४७ वर्ष पहिले स्थापना गरिएको निशान भगवतीको मन्दिर परिसरको भित्री भागमा रहेको तीनवटा पल्टनका लागि पनि छुट्टाछुट्टै ढुंगेधारा स्थापना गरिएको थियो। 

मन्दिरमा निर्माण गरिएको तीनवटा पुरानो शैलीका ढुङ्गेधारा मन्दिरको मुलगेटभन्दा भित्र रहेका छन्। मुख्य गरेर मन्दिरमा रहेको जंगी निशान गण, श्रीजंग गण र इन्द्रध्वज गणको निशानको नाममा छुट्टाछुट्टै ढुङ्गेधारा निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले बताए। 

धारा वि.सं. २०५२ सालमा धनकुटा हिले लोकमार्ग निर्माण गर्ने क्रममा धनुकटाको जिरोप्वाइन्टमा रहेको ओडार भेटिएको थियो। 

उक्त ओडारभित्र अहिले निशान मन्दिरमा स्थापना गर्न लागिएको ढुंगे धारा भेटिएको हो। धारा संरक्षण र सुरक्षाको कारणले तत्कालीन प्रदेश संग्राहलय धनकुटामा राखिएको थियो। 

धारा सर्वसाधरणका लागि निशान मन्दिरको बाहिरी भागमा खुल्ला राखिएको छ। ढुंगेधारा तथा प्रवेशद्वार गेटमा तेलिया ईंटाको प्रयोग गरिएको छ। 

२ नम्बर वाहिनीपति सहायक रथी महेशकुमार थापाको संयोजकत्वमा तथा श्री भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा एवम् गणका सकल दर्जाको अथक प्रयास र निशान भगवती मन्दिर व्यवस्थापन समितिको सक्रियतामा उक्त निमार्ण कार्य सम्पन्न भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.