पाल्पामा दुर्घटनामा परेर २ जनाको मृत्यु

पाल्पामा दुर्घटनामा परेर २ जनाको मृत्यु

पाल्पा : पाल्पामा छुट्टाछुट्टै घटनामा परी २ जनाको मृत्यु भएको छ। एक जनाको भुतखोलामा डुबेर र एक जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो। तिनाउ गाउँपालिका-३ भुतखोलामा, नवलपरासी पश्चिम पालिनन्दन गाउँपालिका -२ का २४ वर्षीय अजिम पठानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले बताए।

भूतखोलामा ढुंगामाथि उभिएर फोटो खिच्ने क्रममा २४ वर्षीय पठान अचानक चिप्लिएर पोखरीमा डुबेका थिए। पठानलाई तत्काल उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा  पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। भुतखोलामा झरना हेर्ने तथा पौडी खेल्ने क्रममा पटक पटक मृत्युका घटना हुने गरेका छन्। 

दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पा रामपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। रामपुर नगरपालिका-२ पुल्चोकका २१ वर्षीय प्रदीप नेपालीको मृत्यु भएको छ। रामपुर बेझाड बजारबाट कान्जीहाउसतर्फ जाँदै गरेको लु १८ प ४९७० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थापाले बताए।  दुर्घटनामा घाइते भएपछि रामपुर अस्पतालमा उपचारको क्रममा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.