राष्ट्रपतिबारे एमाले उपमहासचिवको टिप्पणी- कांग्रेसको ढडियामा माछा पर्दैन

राष्ट्रपतिबारे एमाले उपमहासचिवको टिप्पणी- कांग्रेसको ढडियामा माछा पर्दैन

बेंसीसहर : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार नै राष्ट्रपति एमालेको हुने बताएका छन्। 

लमजुङको सुन्दरबजारमा सोमबार आयोजित तिलकराज पाण्डेको १८औं स्मृति दिवसलाई सम्बोधन गर्दै गुरुङले पहिलो आधा कार्यकाल माओवादी केन्द्र प्रधानमन्त्री र दोस्रो आधा कार्यकाल एमालेको सभामुख, दोस्रो आधा कार्यकाल एमालेको प्रधानमन्त्री र माओवादी केन्द्रको तर्फबाट सभामुख हुने र ५ वर्ष राष्ट्रपति एमालेकै हुने सहमति भएको बताए।

उनले भने, `पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीचको सहमतिअनुसार नै राष्ट्रपति एमालेको हुन्छ।' दाहाल प्रधानमन्त्री हुनेबेला दुई अध्यक्षबीच राष्ट्रपति एमालेकै बनाउने सहमति भएको उनले बताए। 

‘कांग्रेसले जाल हान्ने काम गरेको छ। ढडिया थाप्ने काम गरेको छ। कतै ढडियामा माछा परिहाल्छ कि भनेर। त्यो सम्भावना छैन‚' उनले भने। राष्ट्रपतिको विषयलाई लिएर राजनीति तरंगित भएको र आफूलाई समेत के हुन्छ? भनेर नेता/कार्यकर्ताबाट बारम्बार फोन आइरहेको उनले बताए। 

उनले राष्ट्रियताको पक्षमा स्वाधीनताको पक्षमा लड्ने शक्ति फेरि सत्तामा आएको दाबी गरे। ‘नेपालको राजनीतिक उथलपुथल देखेर दिल्ली चकित पर्‍यो। वासिङ्टन चकित पर्‍यो। शेरबहादुर देउवा प्रधानमन्त्री हुने ठाउँमा कसरी प्रचण्ड प्रधानमन्त्री भए भनेर‚’ उनले भने, ‘त्यसपछि घेराबन्दी, अविश्वास र झगडा सुरु पार्न खोजिँदै छ। जाल फ्याँक्न खोजेको छ। कांग्रेसको प्रयास विफल हुन्छ।’

उनले नेकपा एमाले कम्युनिस्टको मूल पार्टी भएको र एमालेको नीतिभन्दा अरुको फरक नभएकाले पनि एमालेसँगको मोर्चाबन्दीमा अघि बढ्नुको विकल्प नभएको बताए। सुन्दरबजार नगरपालिका २ हाँडेटारमा जन्मिएका तिलकराज पाण्डेलाई तत्कालीन विद्रोही माओवादीले २०६१ साल माघ १६ गते गोली हानी हत्या गरेका थिए। २०२१ भदौ २९ गते जन्मिएका उनी २०४९ मा तत्कालीन परेवाडाँडा गाविसका अध्यक्ष, २०५४ मा निर्विरोध गाविस अध्यक्ष, २०५४ मा तत्कालीन नेकपा एमाले जिल्ला कमिटी सदस्य हुँदै सचिवालय सदस्य, २०५६ मा तत्कालीन नेकपा एमाले सचिवालय सदस्य एवं क्षेत्र नं. २ को इन्चार्ज थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.