हिम्मत नहार्नुस्, सरकार साथमा छ: केपी ओली

हिम्मत नहार्नुस्, सरकार साथमा छ: केपी ओली

विराटनगर: नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक सुदृढीकरणको अभावमा नेपाल पछि परेको बताएका छन्।

उद्योगधन्दा तथा कलकारखानाको विकासको अभावमा नेपाल ऋणात्मक अवस्थामा पुगेको उनले बताए। नेपाल उद्योग परिसंघ प्रदेश १ ले आयोजना गरेको ‘सीएनआई एक्स्पो-२०२३’ को उद्घाटन समारोहमा ओलीले नेपालको औद्योगिक क्षेत्रको विकास वर्तमान सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए। त्यसका लागि पछिल्लो डेढ महिनामा सरकारले केही उदाहरणीय काम गरेको बताए। उनले भने, ‘हामी कुराको जुहारी गर्ने पक्षमा छैनौं। हामी सही नीति नियम निमार्ण गरेर ठोस निर्णय लिने र काम गरेर देखाउने पक्षमा छौं ।’

ओलीले उद्योगीले राखेका मागप्रति सरकारको ध्यानाकर्षण भएको र माग सम्बोधन गर्न सकारात्मक रहेको बताए। ‘तपाईंहरू डेलिगेसन लिएर आउनुस्। बुँदागत रुपमा माग राख्नुस्। हामी सम्बोधन गर्छौ। हामी हाताहात समस्याको समाधान गर्नेछौं। कुरा सुनेर मात्र बस्दैनौं।’

अर्थतन्त्रलाई चलायमान बनाउन संगठनात्मक प्रतिस्पर्धा नगर्न अध्यक्ष ओलीले सुझाव दिए । उनले उद्योगको विकासमा ध्यान दिन सम्पूर्ण उद्योगीहरुलाई आग्रह गरे । सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममार्फत् पनि उद्योगीका समस्या हल गर्ने प्रयास रहेको उनले बताए। अर्थतन्त्रमा आएको उतारचढावका कारण हतोत्साहित नहुन उनले आग्रह गरे। 

‘सूर्यजस्तो महाप्रतापी को छ? सूर्यलाई पनि ग्रहण लाग्छ भने हामी त के नै हौं? यसमा आत्महत्या गरिहाल्नुपर्ने आवश्यकता के छ? खेल्दाखेल्दै लड्यौं भने घर गएर आत्महत्या गर्ने?,’ अध्यक्ष ओलीले भने, ‘तपाईंहरू हिम्मत हार्नुभएन। सरकार तपाईंहरूको साथमा छ।’

छिमेकी राष्ट्र चीनबाट नेपालका सबै उत्पादन खरिद गर्ने आश्वासन समेत प्राप्त भएको अध्यक्ष ओलीले बताए। ‘भारत, बङ्गलादेश, बर्मा र नेपालको कनेक्टिभिटीका बारेमा अध्ययनका निम्त्ति आएका टोलीसँग लामो कुराकानी भएको छ,’ उनले भने, ‘त्यसमा नेपाली उद्योगका समस्या र समाधानका बिषयमा छलफल भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.