गोदाम र कुखुरा फारममा आगलागी हुँदा ६० लाख बढिको क्षति

गोदाम र कुखुरा फारममा आगलागी हुँदा ६० लाख बढिको क्षति

डडेल्धुरा : डडेल्धुरा अजयमेरु १ मा रहेको दाना गोदाम तथा कुखुरा खोरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । अजयमेरु १ पालि कणकमा रहेको काशिराम भट्टको ब्रदर्श पोल्ट्री फिड्स/पवन एग्रोभेटमा आगलागी भएको हो ।

ब्रदर्श पोल्ट्री फिड्स/पवन एग्रोभेटमा आगलागी हुँदा करिब ६० लाख बराबरको नोक्सान भएको हो । शनिबार राति करिब १:३० बजेतिर विद्युत सट भएर आगलागी भएको हो।

डडेल्धुराका पहिलो कुखुरा व्यवसायी तथा दाना सप्लायर्स भट्टको गोदाममा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

करिब २० वर्षदेखि कुखुरा व्यवसाय गर्दै आएका काशिरामले जिल्लाका अन्य कुखुरा व्यवसायीलाई कुखुराको चारो,दाना,कुखुराका चल्ला ,औषधी र अन्य आवश्यक भाडा सप्लायर्स गर्दै आएका  छन्।

आगलागीले ठूलो नोक्सान पुगेको पीडित भट्टले बताए। आगलागी विद्युत सर्ट भएर नै भएको हुनसक्ने उनले बताए । गएको साता मात्रै गोदाममा चारसय बोरा दानाहरू र खोरमा १२ सय बढि  कुखुराका चल्ला राखेका थिए। 

आगलागीले दाना गोदाम र चल्ला पूर्ण रुपमा नष्ट भएको घट्नास्थलमा मुचुल्का उठाउन पुगेका प्रहरी टोलीले जनाएको छ ।

जनप्रतिनिधि,नेपाल प्रहरी  र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको  थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.