काठमाडौं महानगरले भत्कायो मैतीदेवीस्थित प्रहरी बिट (तस्बिरसहित)
महानगरभित्र अवैध संरचना भत्काउने अभियानअन्तर्गत प्रहरी बिट भत्काएको महानगरले जनाएको छ।
काठमाडौं :काठमाडौं महानगरपालिकाले मैतिदेवीस्थित प्रहरी बिट भत्काएको छ। महानगरको डोजरले प्रहरी बिट भत्काएको हो। महानगरभित्र अवैध संरचना भत्काउने अभियानअन्तर्गत प्रहरी बिट भत्काएको महानगरले जनाएको छ।
मैतीदेवी चोकमा सडक र फुटपाथमा अवरोध हुनेगरी भवन सञ्चालनमा थियो। मंगलबार बिहान महानगरको टोलीले सामान सार्न लगाएर भवन भत्काएको हो। भवनकै कारण सो सडकमा पैदलयात्रुलाई आवतजावतमा समस्या भएको थियो।


प्रतिक्रिया दिनुहोस !