मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
सुन्नुहोस्

सोलुखुम्बु : सोलुखुम्बुमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा माप्यदूधकोशी गाउँपालिका-४ का २१ वर्षीय हेमकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार आज (मंगलबार) दिउँसो  १२:२० बजे माप्यदुधकोशी-४ को काँकुबाट बासा जाँदै गरेको बा ४४ प २६१९ नम्बरको मोटरसाइकल रमिते डाँडामा दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका राईको प्राथमिक अस्पताल खास्तावमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

उनको शरीरमा बाहिरी चोट भने नदेखिएको बताइएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.