राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आज

राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आज
सुन्नुहोस्

लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदैछ।

दाङ : लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदैछ। प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यतालिका छ। 

निर्वाचनका लागि दाङ घोराहीको कर्मचारी मिलन केन्द्रलाई मतदान केन्द्र तोकिएको छ। माघ ११ गते राष्ट्रियसभा सदस्य पदका लागि ३ दलबाट ३ जनाको उम्मेदवारी दर्ता भएको थियो। सत्तारूढ दलमध्येका नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना चुनावी प्रतिष्पर्धामा उत्रिएका छन्।

सत्ता साझेदारी दलबाट एमालेका उम्मेदवार कुमार दसौदी, कांग्रेसका माधवप्रसाद आचार्य  र  नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय प्रतिष्पर्धामा छन्। गत असोज २३ गते नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि उपनिर्वाचन हुन थालेको हो। 

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ हुने व्यवस्था छ।

थप समाचार


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.