कुटपिटबाट वृद्धको हत्या

कुटपिटबाट वृद्धको हत्या
सुन्नुहोस्

करिब ७५ वर्षीय वृद्ध हरिदेव राउत शर्मालाई सोही गाउँठाउँ बस्ने करिब ५५ वर्षीय सुरेन्द्र राउतले कुटेर हत्या गरेका छन्। 

जनकपुरधाम: कुटपिटबाट एक वृद्धको हत्या भएको छ। महोत्तरीको जलेश्वर नगरपालिका ५ पर्सा गाउँमा कुटपिटबाटै करिब ७५ वर्षका हरिदेव राउत शर्माको हत्या भएको हो। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय करिब ७५ वर्षीय वृद्ध हरिदेव राउत शर्मालाई सोही गाउँठाउँ बस्ने करिब ५५ वर्षीय सुरेन्द्र राउतले कुटेर हत्या गरेका छन्। 

बेलुका साढे ४ बजेतिर गाउँभन्दा पाँच सय मिटर दक्षिणमा रहेको पर्साचौकमा धान, चामल लगायतको अन्नपात खरिदबिक्रीको काम गरिरहेका वृद्ध हरिदेवलाई लागु पदार्थ सेवन गरेका सुरेन्द्रले मुक्का र लात्तिले हिर्काउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीले भने प्रहरी चौकी पर्साका प्रमुख रामबाबु यादबकै अगाडि वृद्धलाई कुटपिट भएको तर प्रहरीले नबचाएको आरोप लगाएका छन्। प्रहरीले घटनाको भिडियो खिचेपनि कुटपिट गर्नेलाई नरोकेको आरोप स्थानीयको छ।

प्रहरी छेऊमै व्यापार गरी बसेका हरिदेवलाई अचानक सुरेन्द्रले आएर गाली गलौज गर्न थालेको र पछि हातपात गर्दै बेस्सरी कुटपिट गरेको र सोही क्रममा वृद्ध हरिदेव त्यहाँ खटिएको प्रहरीलाई बचाउन गुहार मागेका थिए। प्रहरीले कुनै कदम नचाल्दा वृद्धको हत्या भएको छ। 

घटना स्थलमा प्रहरी टोली पुगेर सवको सर्जमिन मुचुल्का गरेको छ। स्थानीयले प्रहरीचौकीमा कार्यरत प्रहरीलाई कारबाहीको माग गर्दै प्रहरी चौकी घेराउ गरेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष थप प्रहरी टोलीले प्रहरी चौकीलाई सुरक्षा दिइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.