सुनजस्तो देखिने वस्तुसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

सुन्नुहोस्
Powered by
ONE
विराटनगर : सुनजस्तो देखिने वस्तुसहित विराटनगरबाट प्रहरीले बिहीबार दिउँसो १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
चेकजाँचका क्रममा विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट दिउँसो १२ः३० बजेतिर ३८ वर्षीय आजाद अन्सारी पक्राउ परेका हुन्।
उनको घर भारतको अररिया हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार भारतको जोगवनीबाट नेपालतिर पैदल आउँदै गरेका अन्सारीलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट सुनजस्तो वस्तु बरामद भएको छ।
अन्सारीको साथबाट ३२.५४ ग्राम सुनजस्तो देखिने वस्तु फेला परेको उनले बताए। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएको छ।
उक्त वस्तु सुन हो कि हैन भनेर यकिन गर्न परीक्षणका लागि पठाइने जानकारी कार्कीले दिए।
प्रतिक्रिया दिनुहोस !
