विवेकपूर्ण निर्णय

विवेकपूर्ण निर्णय
फाइल तस्बिर।
सुन्नुहोस्

खरायोहरू आफूमाथि हुने खतराहरूबारे छलफल गरिरहेका थिए। कुराले टुंगो लिन लागेको थियो। उनीहरू एकत्रित भएर आफ्ना लागि चारैतर्फ आउने खतराहरूमाथि गहन छलफलमा थिए। तिनको बैठकमा सबैले आआफ्नो तर्फबाट तर्क गरे। मानिस, कुकुर तथा अन्य जंगली पशुहरूबारे कुरा उठ्यो। ती सबैले हरसमय उनीहरूलाई मारेर खानका लागि तयार रहन्छन् भन्ने कुरा भयो। बिचरा खरायोसँग यस खतराबाट बच्ने कुनै उपाय देखिएन पनि।

अतः सबै खरायोले जल–समाधि लिएर आत्महत्या गर्ने निर्णय बैठकमा गरे। सबै खरायोले यस प्रस्तावको अनुमोदन गरे। सबै खरायोहरू एकैसाथ एक विशाल पोखरीमा डुबेर मर्नका लागि हिँडे। त्यस पोखरीमा ठूलो संख्यामा भ्यागुताहरू बस्थे। जब खरायोहरू त्यहाँ पुगे, तब भ्यागुताहरू पोखरीबाट बाहिर निस्केर घाम तापिरहेका थिए। तर खरायोहरूको स्वर सुनेर तिनीहरू भयभीत भए र पानीमा लुक्नका लागि हाम्फाले।

भ्यागुताहरूले यस्तो गरेको देखेर खरायोहरू छक्क परे र आश्चर्य मान्दै एकअर्काको मुख हेर्न थाले। त्यही समयमा एक वृद्ध खरायोले कराएर भन्यो, ‘पर्ख र आत्महत्याको विचार त्याग। भ्यागुताहरू हामीहरूसँग पनि डराएको के तिमीहरूले देखेनौ। अतः तिनीहरू हामीहरूभन्दा पनि कमजोर छन्। तर तिनीहरूले त आत्महत्या गरेका छैनन्। यदि तिनीहरू आत्महत्या गरिरहेका छैनन् भने हामीहरूले किन गर्ने ?

नैतिक शिक्षा : सधैं आफूभन्दा सानाहरूतर्फ हेर्नुहोस्। कहिले पनि निर्णय गर्दा हतार गर्नु हुन्न। सर्वत्र हेरेर बुझेर निर्णय गर्नु बुद्धिमानी हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.