दैलेखको महाबु गाउँपालिकाका अध्यक्षको निधन

दैलेखको महाबु गाउँपालिकाका अध्यक्षको निधन
निधन भएका महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङ । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

शुक्रबार बिहान मुटुमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको निधन भएको हो।

दैलेख : दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको निधन भएको छ । ७५ वर्षीय अध्यक्ष गुरुङको शुक्रबार दिउँसो निधन भएको हो । शुक्रबार बिहान मुटुमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

जिल्ला सदरमुकामस्थित दैलेख जिल्ला अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । महाबु गाउँपालिकाबाट उपचारका लागि उनलाई दैलेख अस्पताल ल्याइएको थियो । उपचारका क्रममा  गुरुङको निधन भएको अस्पतालका डा.सुशिला कटुवालले जानकारी दिइन्।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । दुई हजार ९ सय ७९ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका गुरुङले नेकपा एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.