नेपाली सेनाको सफा हिमाल अभियानमा सूर्य नेपालको सहयोग

काठमाडौं : जैविक विविधता, प्रकृति तथा पर्यावरण संरक्षण गर्नका लागि नेपाली सेनाले 'सफा हिमाल अभियान २०२३' सञ्चालन गर्ने भएको छ।
सो अभियानअन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमालहरू (अन्नपूर्ण र लोत्से) को सफाई गर्ने उद्देश्य रहेको छ।
सूर्य नेपाल प्रालिले सो अभियानमा नेपाली सेना र गैर सरकारी संस्था 'सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल'सँग साझेदारी गरी आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड १० लाख रुपैयाँ अभियानका लागि सहयोग गर्नेछ।
मंगलबार एक कार्यक्रमकाबीच नेपाली सेना, सूर्य नेपाल प्रालि र 'सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल' बीच 'सफा हिमाल अभियान २०२३' लाई सहयोग गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।
कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुन्दर कुमार पान्डे, प्रमुख सेनानी किसोर अधिकारि, 'सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल'का आनन्द मिश्रा, सूर्य नेपालका प्रबन्ध निर्देशक रवी के रायवरम र प्रबन्धक प्रेम नारायण अर्यालको सहभागिता रहेको थियो।
प्रतिक्रिया दिनुहोस !
