सोलुमा फस्टाउँदै एभोकाडो खेती

सोलुमा फस्टाउँदै एभोकाडो खेती
सुन्नुहोस्

सोलुखुम्बु : पोषिलो र बहुउपयोगी फलका रूपमा परिचित एभोकाडो अर्थात घिउ फलको माग नेपाली बजारमा उच्च भएपनि उत्पादन भने सीमित छ।

संसारभर लोकप्रियता आकाशिँदो रहेको यस फलको खेतीतर्फ सोलुका किसान अग्रसर देखिएका छन्। जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका-८ देउसाका केशव राईले ५ वर्षअघि विस्तार गरेको एभोकाडोको बिरुवाले अहिले उत्पादन दिन थालेको छ। 

परीक्षणका लागि रोपेको एभोकाडोको बिरुवाले अहिले राम्रो उत्पादनसँगै आम्दानी दिन थालेपछि राई निक्कै दंग छन्। कृषि ज्ञान केन्द्र सोलुखुम्बुले करिब २ वर्षअघि देउसा क्षेत्रमा १२ सय ५० बोट एभोकाडोको बिरुवा वितरण गरेको थियो। 

ती बिरुवाहरू अहिले हुर्किरहेको कृषकहरू बताउँछन्। जिल्लामा हाल १३ सय बोट जति एभोकाडोको बिरुवा हुर्किरहेको ज्ञान केन्द्रको अनुमान छ। 

बलौटे माटोमा खेती गर्न सकिने एभोकाडो जिल्लाको थुलुङ दूधकोशी, नेचासल्यान, सोलुदुधकुण्ड लगायतको क्षेत्रमा लगाउन सकिने कृषि प्राविधिकहरू बताउँछन्। 

करिब ५ वर्षअघि रोपेको बिरुवा अहिले राम्रो आम्दानीको श्रोत बन्न थालेको नेचासल्यान ४ सिरान्देलकी शान्ती राईको भनाइ छ। वातावरणीय हिसाबमा समेत बाह्रै महिना हरियो रहने भएकाले यसलाई कार्बन नियन्त्रणमा निकै फाइदाजनक मानिन्छ। 

एभोकाडो खेती पनि अरू बालीको तुलनामा निकै सजिलो र लागत कम हुने भएकोले कृषकका लागि पनि यो निकै फाइदाजनक साबित भएको छ। 

बजारमा यसको माग उच्च रहेकाले यस फलको खेती उपयुक्त हुने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत कुलबहादुर राई बताए। 

एभोकाडोलाई त्यतिकै खान पनि सकिन्छ भने धेरै उत्पादन भए क्रिम, बटर, तेल, मायोनेज सस, वाइन लगायतका भ्यालुएडेड चिजहरू बन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.