तीन साहित्यकार पुरस्कृत

तीन साहित्यकार पुरस्कृत
पुरस्कार ग्रहण गर्दै साहित्यकार तुलसीजी पौडेल। तस्बिर : अर्जुन कार्की
सुन्नुहोस्

बागलुङ : बागलुङमा तीन वटा साहित्यिक पुरस्कारबाट तीन जना श्रष्टा पुरस्कृत भएका छन्। 

धौलागिरि साहित्य प्रतिष्ठान बागलुङमा स्थापना गरिएको ‘काजी रोशन साहित्य पुरस्कार-२०७८ पटाक्षेप (उपन्यास) का लेखक टिका मिलन, ‘बम-सरस्वती स्मृति पुरस्कारबाट साहित्यकार शकुन्तला ज्ञवाली पौडेल र ‘हिमलाल-मन्धरा स्मृति पुरस्कारबाट श्रष्टा तुलसीजी पौडेल पुरस्कृत भएका हुन्।

इटहरी उपमहानगरपालिका-५ सुनसरीका टिका मिलन नगद २० हजार रुपैयाँसहित पुरस्कृत भएको धौलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजी रोशनले जानकारी दिए। पुरस्कृत घिमिरेका राजवृक्षको हाँगो (कथा संग्रह) र पटाक्षेप (उपन्यास) प्रकाशित कृति हुन। 

उनले लेखेको पटाक्षेप उपन्यासका लागि यस वर्षको उक्त पुरस्कार उनलाई प्रदान गरिएको धौलागिरि साहित्य प्रतिष्ठानले जनाएको छ।

बम सरस्वती पुरस्कारबाट कविलवस्तु नगरपालिका-३ तिलौराकोट निवासी शकुन्तला ज्ञवाली पौडेललाई पुरस्कृत गरिएको छ। पौडेलले भावना क्वाँटी संगह नेपाली अवधी, संघर्ष कथा संग्रह, प्रवाह कविता संग्रह जस्ता साहित्यिक कृति प्रकाशन गरेकी छिन्।

पहिलो पटक प्रदान गरिएको हिमलाल बन्धरा स्मृति पुरस्कारबाट बागलुङ नगरपालिका-१३ घर भई हाल म्याग्दी जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत तुलसीजी पौडेल पुरस्कृत भएका छन्। 

निजामती सेवाका विशिष्ट श्रेणीमा कार्यरत पौडेलको बद्ध बनेका सिद्धार्थलाई (कविता संगालो), नमरेको मृत्यु (कविता) संग्रह प्रकाशित छन्। पौडेल र ज्ञवालीले नगद दश हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।

पुरस्कृत तीनै जनालाई गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति सूर्य खडका ‘विखर्चीले पुरस्कार प्रदान गरेका थिए। 

नेपाली भाषा साहित्यको विकास र विस्तारको लागि श्रष्ठालाई प्रदान गर्ने पुरस्कारले लेखनीमा थप उत्साह र प्रेरणा मिल्ने उपकुलपति खड्काले बताए। उनले साहित्यकारको फ्रिमा किताब बाँड्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए।

गण्डकी प्रज्ञा प्रतिष्ठानले स्थापना गरेको पुस्तकालयमा स्रष्टाहरुको पुस्तक किनेर मात्रै राख्ने व्यवस्था गरिएको उपकुलपति खड्काले बताए। 

उनले कला साहित्यको क्षेत्रमा लाग्नेहरुका लागि स्वास्थ्य बीमा गर्न पाँच लाख बजेट व्यवस्थापन गरिएको बताउँदै गण्डकी प्रज्ञा प्रतिष्ठानले गण्डकी प्रतिभा उपचार कोष स्थापना गर्ने तयारीमा रहेको जानकारी दिए।

धौलागिरि साहित्य प्रतिष्ठानले २०४१ सालदेखि निरन्तर रूपमा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आएको अध्यक्ष रोशनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.