यस्तो छ आइतबारको मौसम

सुन्नुहोस्
Powered by
ONE
काठमाडौं : आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भुभागका केही स्थानमा अपराह्नतिर हावाहुरी लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आइतबार राति प्रदेश नं. १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस !
