जीतपुर सिटी मार्केटमा आगलागी, करिब ६० लाखको क्षति

जीतपुर सिटी मार्केटमा आगलागी, करिब ६० लाखको क्षति
आगो नियन्त्रणमा लिइदै। तस्बिर :अन्नपूर्ण
सुन्नुहोस्

स्थानीय व्यवसायी अनिल साहको रेडिमेड कपडा पसलमा विधुत सर्ट हुँदा आगलागी भएको हो ।

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका- ७ जीतपुरस्थित सिटी मार्केटमा आइतबार बिहान आगलागी हुँदा पाँचवटा पसल पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगलागीमा अन्य पसलमा पनि क्षति पुगेको छ।

स्थानीय व्यवसायी अनिल साहको रेडिमेड कपडा पसलमा विधुत सर्ट हुँदा आगलागी भएको हो । दमकल,नेपाल प्रहरी,सशस्त्र प्रहरी,स्थानीयबासिन्दा र व्यवसायीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । 

आगो निभाउन अमलेखगंजस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपो,जीतपुरसिमरा उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकाबाट दमकल आएका थिए । अधिकांश कपडा पसल रहेको उक्त मार्केटमा आगलागी सुरु भएलगत्तै स्थानीय व्यवसायीले प्रहरी र दमकललाई खबर गरेका थिए ।  

प्रहरीका अनुसार बिहान ६ बजे सुरु भएको आगलागी करिब ९ बजे नियन्त्रणमा आएको थियो । करिब तीन घण्टासम्म लागेको आगोले करिब ६० लाख मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.