प्रधानमन्त्री प्रचण्ड धनगढीमा,गेटा मेडिकल कलेजको निरीक्षणपछि कञ्चनपुर जाँदै

धनगढी :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी आइपुगेका छन्। सुदूरपश्चिम प्रदेशमा विकास योजनाको अनुगमन तथा निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड यहाँ आएका हुन्।
बिहान १० बजेतिर धनगढी आइपुगेका प्रधानमन्त्री अहिले गेटास्थित मेडिकल कलेजको निरीक्षणमा पुगेका छन्। प्रधानमन्त्रीमा तेस्रो पटक नियुक्त भएपछि प्रचण्ड पहिलो पटक सुदूरपश्चिम आएका हुन्।
मेडिकल कलेजको निरीक्षणपछि आजै महेन्द्रनगर जाने कार्यक्रम छ। त्यहाँ सुख्खा बन्दरगाह,महाकाली पुल,महाकाली कोरिडोरको निरीक्षण अवलोकन र छलफल गरेर महेन्द्रनगर फिर्ता हुनेछन् ।
त्यसपछि दिउँसो २:३० बजे जनयुद्ध दिवसको अवसरमा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
दिउँसो २:४५ मा कञ्चनपुर महोत्सवमा सम्बोधन गर्ने र आजै काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस !
