पाथीभारा केबलकार विवाद : आन्दोलनकारीको पक्षमा उभिएर देशव्यापी आन्दोलन गर्ने प्रचण्डको चेतावनी


काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पाथीभारा क्षेत्रमा विवादित बनिरहेको केबलकारको विरोधमा उभिने चेतावनी दिएका छन्। उनले सरकारले आन्दोलनकारीमाथि धरपकड गरिरहे उनीहरूको पक्षमा उभिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए।

'पाथीभाराको मुकालुङको विषय सांस्कृतिक, भावनात्मक र ऐतिहासिक मुद्दा हो। यसलाई बलपूर्वक दबाउने दुस्साहस सरकारले नगरोस्। यदि बलपूर्वक सांस्कृतिक मुद्दालाई दबाउन खोजिए ठूलो दुर्भाग्य हुन्छ भनेको थिएँ,' मोरङमा आयोजित सभामा मंगलबार सम्बोधन गर्दै प्रचण्डले भने, 'यो मुद्दामा दुवै पक्ष विन विन हुनुपर्छ। वार्ता र संवादबाट यो समस्या समाधान नगरिए माओवादी आन्दोलनकारीको पक्षमा उभिनेछ र देशव्यापी आन्दोलनतिर जानेछ।
उनले केबलकारमा सरकार नेतृत्वकर्ताहरूकै ठूलो सेयर रहेको दाबी पनि गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.