आफ्नै विद्यार्थीमाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
गोरखा: छात्रामाथि यौन शोषण गरेको आरोपमा प्रहरीले गोरखाका एक शिक्षक पक्राउ गरेको छ । जाजारकोटको नलगाड नगरपालिका - ८ घर भई धार्चे गाउँपालिका- २ रुञ्चेतस्थित एक विद्यालयमा पढाउने शिक्षक कमलबहादुर बोहोरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
१५ वर्षीया आफ्नै छात्रामाथि विगत तीन महिनादेखि यौन शोषण गर्ने गरेको आरोपमा अभिभावकले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको डिएसपी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
पछिल्लो पटक गत माघको २८ गते नरापर्व चलिरहेका बेला बलात्कारको घटना भएको थियो । घटनालगत्तै अभिभावकले सोधपुछ गर्दा लामो समयदेखि यौन शोषण हुने गरेको खुलासा भएपछि प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले शिक्षक बोहोरालाई गत फागुन ७ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका शिक्षकविरुद्ध सोमबार जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !