ओडीआईमा कुशलको पहिलो शतक
काठमाडौं : नेपाली ब्याटर कुशल भुर्तेलले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक बनाएका छन्। विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध जारी खेलमा ९९ बलमा ९ चौका र चार छक्कासहित १०० रनको कोशेढुङ्गा पार गरेका हुन्।
त्रिवि क्रिकेट मैदानमा नेपालका लागि ओपनिङमा आएका कुशलले कप्तान रोहित पौडेलसँग कीर्तिमानी एक सय ३३ रनको साझेदारी गरेका थिए। कुशल एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय दुवैमा शतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन्।
यसअघि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले दुवै फर्म्याटमा शतक बनाएका थिए। यस्तै, एकदिवशीयमा शतक बनाउने चौथो नेपाली ब्याटर पनि कुशल बनेका छन्।
प्रतिक्रिया दिनुहोस !