कांग्रेस सांसदको प्रश्न :कामुको भरमा न्यायालय कहिलेसम्म चल्छ ?
काठमाडौं : नेपाली कांग्रेस सांसद अर्जुन नरसिंह केसीले लामो समयदेखि कायममुकायम नेतृत्वको भरमा सर्वोच्च अदालत चलेको भन्दै आपत्ती जनाए। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले यथाशीघ्र प्रधानन्यायाधीश नियुक्त गर्न माग गरे।
देश र संविधानको रक्षक अदालत रहेको भन्दै प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ गरेको भन्दै आक्रोश व्यक्त गरे। उनले भने,'देश र संविधानको रक्षक सर्वोच्च अदालत अहिले वर्षदिनदेखि कामुको भरमा छ। यसले पर्ने मनोवैज्ञानिक संस्थागत असर जुन छ त्यसतर्फ सरकार गम्भीर हुनु आवश्यक छ।'
उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव अझै नटुंगिएको बताए । नेता केसीले पूर्वप्रधानन्यायाधीश जबराविरूद्ध महाभियोग नयाँ संसदले टुंगो लगाउनु पर्ने बताए।
उनले भने,'कसैलाई पनि कानुनले दिनुपर्ने अन्तिम निर्णय नदिएर यस किमिसको निर्णयबिहीनता विधिविहीनताको उपहास हो।संविधानवादको उपहास हो।'
प्रतिक्रिया दिनुहोस !