लुम्बिनी प्रदेश स्थापना दिवस ६१ जनालाई पदक प्रदान

लुम्बिनी प्रदेश स्थापना दिवस ६१ जनालाई पदक प्रदान
सुन्नुहोस्

दाङ : लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ। प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा (राप्ती गाउँपालिका–३ सिरिचौर) औपचारिकरुपमा समारोह आयोजना गरी प्रदेश सरकारले स्थापना दिवस मनाएको हो। २०७४ साल फागुन ३ गते पहिलो पटक प्रदेशमा सरकार गठन भएको थियो। 

सोही अवसरलाई प्रदेश सरकारले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ। विभिन्न समुदायको झाँकीसहितको कला संस्कृति प्रस्तुत गरेर दिवस मनाइएको छ। 

प्रदेश सरकार स्थापना दिवसको अवसरमा विभिन्न ६१ जनालाई विभूषित गरिएको छ। प्रदेश प्रमुख जनसेवा पदकबाट मरणोपरान्त जनार्दन यादव, जितबहादुर थापालाई विभूषित गरिएको छ। यादवलाई संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पु¥याएको र थापालाई जनयुद्धमार्फत लोकतान्त्रिक गणतन्त्र स्थापनामा विशेष योग्दान पु¥याएको भन्दै विभूषित गरिएको छ। थापा घाइतेसमेत छन्। 

मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट डा. मोहिउद्दिन किदवाई, डा. राजन पाण्डेलाई विभूषित गरिएको छ। डाक्टर किदवाईलाई नेपालमै अधिक जनताको शल्यक्रिया गरी जनस्वास्थ्यमा उल्लेख्य योगदान गरेको र पाण्डेलाई तराईका थारू समुदायमा समस्याको रुपमा रहेको सिकलसेल एनेमिया र थालेसिमियासम्बन्धी स्वास्थ्य समस्या पत्ता लगाइ उक्त रोगको उपचारलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन अनुसन्धानमा सहयोग पु¥याएको भन्दै विभूषित गरिएको हो। प्रदेश रत्नबाट पत्रकार नारायण खड्कालाई सम्मान गरिएको छ। भने दाङबाट विमल रिजाल, डा. किशोर खत्री, टोपबहादुर घर्ती, शिवु खनाल, डा. कृष्ण सर्वहारी र पूर्णबहादुर चौधरीलाई पदक प्रदान गरिएको थियो। 

मुख्यमन्त्री लीला गिरीको अध्यक्षता तथा प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको थियो। 

भेरी अस्पताल नेपालगन्जका डा. राजन पाण्डेलाई मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट विभूषित गरिँदै। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.