प्रचण्ड अस्थिर नेता

माधव नेपाल राष्ट्रपति भए एमालेलाई आपत्ति छैन : भट्टराई

माधव नेपाल राष्ट्रपति भए एमालेलाई आपत्ति छैन : भट्टराई
सुन्नुहोस्

कांग्रेसले सडकमा फालेको प्रचण्डलाई एमालेले सिंहदरबारको आसनमा राखेको हो ।

दैलेख : नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल राष्ट्रपति भए एमालेलाई आपत्ति नहुने बताएका छन्। राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका एमाले सचिव भट्टराईले नेपालको राष्ट्रपतिमा प्रस्ताव आए एमाले लचक हुने बताएका हुन्। 

‘कांग्रेसको राष्ट्रपति हुने कुराको कुनै पनि औचित्य छैन्, माधव नेपाल जी हुनुहुन्छ भने ठिक छ, उहाँले कांग्रेस माओवादी लगाएतका दलको समर्थन लिनुहुन्छ भने हामी सकारात्मक छौँ भनेर हाम्रो अध्यक्ष केपी ओलीले संकेत गर्नुभएको हो।’ मंगलबार प्रेस चौतारी नेपाल, दैलेखले आयोजना गरेको पत्रकार भेटघाटमा सचिव भट्टराईले भने  ‘नेपाल राष्ट्रपति भएपनि नेकपा एमालेको समर्थनमा हुने हो, यसमा हामी लचक छौँ।’ 

एमालेले माओवादी केन्द्रबाट उद्धार खोजेको हो ? भन्ने प्रश्नमा भट्टराईले भने ‘एमाले नेपालको राष्ट्रिय राजनीतिको मियो हो, हामीले माओवादीबाट उद्धार खोजेको छैनौँ।’

उनले एमालेको मियोमा नेपालका सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउने बताए। नेपालका अरु कुनै पनि दलको मियोमा नेपालको कम्युनिष्टहरु एक ठाउँमा हुन नसक्ने सचिव भट्टराईको दाबी छ।

कांग्रेसले सडकमा फालेको प्रचण्डलाई एमालेले सिंहदरबारको आसनमा राख्यो

एमाले सचिव भट्टराईले कांग्रेसको राष्ट्रपति उम्मेदवारलाई वर्तमान सत्ता गठबन्धनबाट समर्थन गर्ने कुरा नैतिक रुपमा पनि नमिल्ने बताए। गत पुस १० मा आफू प्रधानमन्त्री बन्ने र राष्ट्रपति र सभामुख एमालेलाई भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रस्ताव गरेको भट्टराईको भनाई छ। 

नेपाली कांग्रेसले सडकमा फालेको प्रचण्डलाई एमालेले सिंहदरबारको आसनमा राखेको उनले बताए। ‘उहाँ (प्रचण्ड) लाई कांग्रेसले सडकमा फालेको थियो, उहाँ हामीलाई खोज्दै आउनुभयो, हामीले उद्दार गरेका हौँ,’ उनले भने, ‘त्यसपछि सिंहदरबारमा पुर्‍यायौँ,’ उनले भने।

भट्टराईले प्रचण्ड नेपाली राजनीतिको अस्थिर नेता रहेको टिप्पणी गरे। nullपत्रकार भेटघाटमा बोल्दै एमाले सचिव योगेश भट्टराई। तस्बिर : हिक्मतबहादुर नेपाली

माथिल्लो कर्णाली जलविद्युत आयोजनाबारे पत्रकारहरुले सोधेको प्रश्नमा सचिव भट्टराईले जलविद्युत आयोजना निर्माण अघि बढ्ने बताए। ‘समयमै काम गर्ने कम्पनीसँगको सम्झौता खारेज गरेर नयाँ कम्पनीसँग सम्झौता गरेर भएपनि जलविद्युत आयोजना निर्माणको काम अघि बढ्छ,’ उनले भने। 

एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले दैलेखमा सुरुवात गरेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि अहिले जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको बताए। ‘नेपालमा सबैभन्दा ठूलो व्यापार घाटा पेट्रोलियम पदार्थ आयातमा छ,’ उनले भने ‘दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणले पूर्णता पाए नेपालको आर्थिक समृद्धिमा टेवा पुग्छ।’ सचिव भट्टराईले कर्णाली भर्जिन ल्याण्ड भएको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.