सभामुख निवासमा ‘राजनीति’

सभामुख निवासमा ‘राजनीति’
फाइल तस्बिर।
सुन्नुहोस्

जब अग्नि सापकोटा सभामुख बनाइए, लैनचौर (भारतीय दूतावासको गेटैनजिक) लगेर राखियो। अहिलेका सभामुख त्यहाँ जान मानेनन्। सभामुखको सरकारी निवासकै अडानमा रहे। बरु केही समयलाई आफन्तकहाँ बस्न थाले।

काठमाडौं : सत्ता ‘दाइना’ नहुँदा कति दुःख झेल्नुपर्छ भन्ने हेर्न सभामुख बस्ने घर जानुहोस्।

भुइँतल्लाको बरन्डामा धेरै जोर जुत्ताचप्पल खोलिएका छन्। त्यससँगैका दुईकोठामा १२ सुरक्षाकर्मी पकाउने, खाने र कोचाकोच सुत्ने गर्छन्। दोस्रो तलामा बस्छन् सभामुख देवराज घिमिरे। त्यो उनको आफ्नो घर होइन। आफन्तको हो। सानो बेडरुम। साँघुरो बैठक कोठा। भेट्न आउनेलाई बाहिर चिसो बरन्डामै कुराउनुपर्छ। 

सभामुख घिमिरेको परिवारले खाना पनि आफन्तसँगको संयुक्त परिवारमा खान्छन्। छुट्टै भान्सा कोठा छैन। भेट्न आएकालाई बाहिर बरन्डामा चिसोमा कुराउनु पर्छ। सरकारी निवास नहुँदा झन्डै डेढ महिनादेखि सभामुख आफन्तको शरणमा छन्। जहाँ पार्किङसम्म छैन। 

सभामुख घिमिरेकी भाउजू (घर धनी) कविता घिमिरे एउटै घरमा, त्यसमा पनि पहिलादेखि भाडामा बस्नेहरू भएकाले सभामुखको पदीय प्रतिष्ठामा आघात परिरहेको बताउँछिन्। ‘सम्मानित पदमा हुनुहुन्छ। घर साँघुरो भयो। धेरै पाहुँनाहरू भेट्न आउनुहुन्छ। बसाउने ठाउँ पर्याप्त छैन। एक साता भनिएको महिना नाघ्यो, सरकारले प्रबन्ध गरेन।’ 

के हो खास समस्या ? 

बालुवाटारमा प्रधानमन्त्री निवाससँगै सभामुख निवास छ। कृष्णबहादुर महरा अभियोग लागेर पदच्युत भएपछि त्यो खाली रह्यो। तत्कालीन ओली सरकारले त्यहाँ राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई राखिदियो। राष्ट्रियसभा अध्यक्षको निवास प्रधानमन्त्री निवासमा थपियो।

जब अग्नि सापकोटा सभामुख बनाइए, लैनचौर (भारतीय दूतावासको गेटैनजिक) लगेर राखियो। अहिलेका सभामुख त्यहाँ जान मानेनन्। सभामुखको सरकारी निवासकै अडानमा रहे। बरु केही समयलाई आफन्तकहाँ बस्न थाले।

राष्ट्रियसभा अध्यक्षको निवासमा उनलाई राख्न बनाउन भनियो। तर, स्रोत भन्छ– एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बन्ध चिसिएसँगै सभामुख निवासको व्यवस्थापन पनि ढिला हुँदै गयो। ‘ओलीले सापकोटालाई बाहिर पुर्‍याएको साटो फेर्ने गरी घिमिरेका हकमा दाहालले व्यवहार देखाइरहेका छन्’, स्रोत भन्छ, ‘त्यही कारण निवास तयारीमा समय लगाइएको छ।’ 

नयाँ आवासको खोजी सहरी विकास मन्त्रालयले गर्ने भने पनि अहिलेसम्म हुन सकेन्। मन्त्रालयका प्रवक्ता प्रदीप परियारले सभामुख निवास कहिले तयार हुन्छ भन्ने ठ्याक्कै समय तोक्न नसकिने बताए। उनका अनुसार संसदभित्रै भवन बन्दै छ। ‘जति सक्दो चाँडो गर्ने कुरा छ’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.