लमजुङको एक घरमा आगलागी, वृद्धको मृत्यु

लमजुङको एक घरमा आगलागी, वृद्धको मृत्यु
सुन्नुहोस्

बेंसीसहर : लमजुङ दोर्दी गाउँपालिका वडा नं. ८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हांगी कामीको जलेर मृत्यु भएको छ । 

सोमबार राति उनी बसेको छाप्रोमा अचानक आगोलागी हुँदा कामीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए। 

परिवारसँग नबसी एक्लै एउटा सानो जस्तापाताको छाप्रोमा बस्दै आएका कामीको छाप्रोमा अचानक आगोलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ । 

उनका अनुसार प्रहरीलाई राति नै खबर आएपछि बेँसीसहर नगरपालिका वडा नं. ११ चितीका प्रहरीहरु सो स्थानमा पुगेका थिए । चुलोमा बलेको आगो निभाउन विर्सेर आगोलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । 

दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीका स्वकिय सचिव हरिबहादुर घिमिरेका अनुसार सो छाप्रो नजिकै रहेको ७ भेंडा, ३ भैँसी, ६ वटा राँगा घाइते भएका छन्। घटना पश्चात् मंगलबार बिहान दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी पुगेर घटनाको अवलोकन गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.