ढल्केवरमा विषादी विश्लेषण प्रयोगशाला सुरु

ढल्केवरमा विषादी विश्लेषण प्रयोगशाला सुरु

ढल्केवर(धनुषा) : धनुषाको ढल्केवरमा विषादी विश्लेषण प्रयोगशालाको उद्घाटन गरिएको छ। मंगलबार एक कार्यक्रमकाबीच ढल्केबरस्थित कृषि उपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइको उद्घाटन गरिएको हो।

जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलले समुद्घाटन गरेसँगै उक्त प्रयोगशाला विधिवत् रुपमा सञ्चालनमा आएको हो।

संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रहेको केन्द्रीय कृषि प्रयोगशालाले ढल्केवर कृषि बजारमा एकाइको स्थापना गरेको कृषि उपज बजार व्यवस्थापन समिति ढल्केवरका अध्यक्ष बुधेश्वर महतोले जानकारी दिए। उनका अनुसार हरियो तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्न प्रयोगशाला सञ्चालनमा ल्याइएको हो।

केन्द्रिय कृषि प्रयोगशाला प्रमुख शान्ता कार्कीको अध्यक्षतामा आयोजित प्रयोगशाला उद्घाटन कार्यक्रममा कृषक तथा व्यापारीलाई केन्द्रीय कृषि प्रयोगशालाका बाली संरक्षण अधिकृत बिबेक सुनुवारले विषादी अवशेषका विषयमा प्रकाश पारेका थिए।

प्रयोगशालाको उद्घाटन गर्दै जिल्ला समन्वय सभापति मण्डलले मापदण्डभन्दा बढी विषादी प्रयोग गरिएको पाइएमा तरकारी तथा फलफूल नियन्त्रणमा लिएर नष्ट गर्नुपर्ने उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.