खोलामा डुबेर किशोरको मृत्यु
तानसेन : खोलामा डुबेर किशोरको मृत्यु भएको छ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका-७ र ८ को कञ्चन खोलामा डुबेर वडा नम्बर ७ जोगदमारका १७ वर्षीय भीमबहादुर रानाको मृत्यु भएको हो।
शनिबार १० बजे पौडी खेल्न घरबाट हिँडेका रानाको खोलामा डुबैको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !