सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
सुन्नुहोस्

शाहले प्रदेशसभामा राखेको विश्वासको मतको पक्षमा ४१ मत र विपक्षमा ११ मत खस्यो।

धनगढी : सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्‍वासको मत पाएका छ्न्। शाहले आइतबार प्रदेशसभामा राखेको विश्वासको मतको पक्षमा ४१ मत खसेको छ।  विपक्षमा ११ मत खस्यो। 

विश्वासको मतका लागि २७ मत आवश्यक थियो।

मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेस,नेकपा माओवादी, नागरिकत उन्मुक्ति पार्टी,एकीकृत समाजवादी र स्वतन्त्र सांसदले मत दिएका थिए। नेकपा एमाले  र राप्रपाका सांसदहरूले विपक्षमा मतदान गरे।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९,एमालेका १०,माओवादीका ११ (सभामुखसहित),नागरिक उन्मुक्तिका सात,नेकपा (एकीकृत समाजवादी) का चार र राप्रपा एक तथा स्वतन्त्र सांसद एक जना छन्। 

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट बहुमत नपाएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलको नेताको हैसियतले शाह गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

त्यतिबेला नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा एमाले नेतृत्वको प्रदेश सरकार सोही दिन ढलेको थियो।

मुख्यमन्त्री भएको भोलिपल्ट नै तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका शाहले मन्त्रिमण्डल विस्तार गरेका छैनन्।
विश्वासको मत पाएसँगै मन्त्रिपरिषद विस्तार गर्ने उनको तयारी छ।

अहिले सरकारमा नेपाली कांग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकासमन्त्री र नेकपा एकीकृत समाजवादीबाट नरेशकुमार शाही आर्थिक मामिला तथा योजनामन्त्री छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.